scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, October 3, 2007

संीवधानसभाका लागि पदयात्रा


बेसीशहर- संविधानसभा निर्वाचनको वातावरण तयार पार्न पैदल यात्रामा निस्केको अनेरास्ववियूले आफ्नो तीन दिने यात्रा शुक्रबार पूरा गरेको छ ।
असोज ९ गते महेन्द्रदेव मा.वि तराञ्चेको प्राङ्गणबाट शुरु भएको पैदल यात्रा शुक्रबार सुन्दरबजारमा पुगेर टुङ्गएिको थियो । पैदल यात्रामा अनेरास्ववियू जिल्ला कमिटि, महेन्द्रदेव मा.वि.का विद्यार्थी र अन्य विद्यालयका विद्यार्थी गरी ५० जनाको सहभागिता थियो ।
विद्यार्थीहरुले लोकतान्त्रिक गणतन्त्रका निम्ति संविधानसभा निर्वाचन, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि र्सर्ूयमा मतदान भन्ने नारा लिएर संविधानसभा निर्वाचनका बारेमा जनतालाई सचेत गराएका थिए । पैदल यात्राको नेतृत्व अनेरास्ववियू जिल्ला कमिटिका अध्यक्ष हिरालाल वि.क. ले गरेका थिए ।

No comments:

Post a Comment