बेसीशहर- विद्युत चोरी सामाजिक अपराध हो तर लमजुङमा यस्ता चोरी खुलेआम हुने गरेका छन् । लमजुङ विद्युत उपभोक्ता संस्थाबाट ४० प्रतिशत विद्युत चुहावट -चोरी) हुने गरेको छ । यसबाट संस्थालाई लाखौं घाटा पर्छ तर यसको न्यूनिकरणका लागि खासै काम भएको छैन ।
लमजुङमा विद्युत चोरी गर्नेमा सामान्य नागरिकदेखि शिक्षक र बुद्धिजिवीसमेत छन् । चोरी गर्नर्ेमध्ये केहीलाई मात्र संस्थाले कारबाही गर्न सकेको छ । अधिकाँश धाक र रवाफ देखाएर उम्कने गरेका छन् ।
लमजुङमा २० प्रतिशत भन्दा वढी जनताको घरमा विजुलीको उज्यालो पुग्न सकेको छैन भने विजुलीको उज्यालो देख्नेहरु पनि टुकीको भर पर्न छोडेका छैनन् । यसरी एकतर्फविद्युतिय अभावको पीडा हामीकहाँ छ भने अर्को तर्फविद्युतिय दुरुपयोग पनि त्यति नै देखिन्छ । बढ्दो विद्युत चोरीलाई नियन्त्रण गर्न सरकारले विद्युत ऐन लागू गरेको छ । सोही ऐनल अनुसार लामजुङ विद्युत उपभोक्त संस्थाका कर्मचारीले विभिन्न समयमा छड्को जाँच गरेका छन् । त्यस्ता जाँजमा र्सव साधारणदेखि व्यापारी र ट्रन्सफरमका अगुवा समेत रहेको पाइएको छ ।
हालसालै विद्युतका ओभर सियरको नेतृत्वमा गएको टोलीले खत्रीठाँटीमा छड्के जाँच गर्दा एक होटलमा विद्युत चोरी पत्ता लाग्यो । उक्त होटल मालिकले विद्युत चोरी वापत बाह्रहजार रुपैयाँ हर्जना वुझाएका छन् । त्यस्तै गाउँशहरको वाहुनवेसी र दनाईगाउँमा छड्के जाँच गर्दा ३ जना ग्राहकको घरमा चोरी पत्ता लागेको थियो । त्यसरी अनाधिकृत विद्युत चोरी गर्ने ती १ ग्राहकले नौहजार र अर्का दर्ुइ ग्राहकले तेइससय जरिवाना बुझाएका छन् । सल्लावोटमा ६ जना ग्राहकको घरमा विद्युत चोरी फेला पारेको थियो । उक्त स्थानका ग्राहक मध्ये ५ जनाले भोली पल्टै जरिवाना तिरिसकेका छन् भने, बाँकी एक जना सर्म्पर्कमा आएका छैनन् ।
No comments:
Post a Comment