scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 7, 2007

मनाङमा एब बर्षपछि मोटर पुग्ने

बेसीशहर- हिमालपारीको जिल्ला मानाङमा आगामी बर्षभित्र मोटर गुड्ने भएको छ ।
कूल ६५ किलो मिटर दूरीको यो सडकको बेसीशहरदेखि स्याँगेसम्मको २८ किलोमिटर निर्माणस सम्पन्न भइसकेको छ । त्यस्तै मनाङ्गको चामेदेखि धारापानीसम्मको १८ किलोमिटर खण्डको निर्माण कार्य पनि सकिएको छ ।
नेपाली सेनाको बेसीशहर-चामे सडक निर्माण कार्यदल गण बेसीशहरले निर्माणको जिम्मा लिएको यो सडकका लागि हालसम्म १० करोड ५० लाख रुपैयाँ खर्च भैसकेको छ । यो सडकको निर्माण शुरुमा सडक विभागले गरेको थियो तर सडक विभागका कर्मचारी र ठेकेदारको मिलिमतोमा करोडौं भ्रष्टाचार गरेपछि यो सडक निर्माणको जिम्मा सेनालाई जिम्मा दिइएको थियो । आर्थिक बर्ष०५८/०५९ देखि सेनाले यो सडक निर्माणको जिम्मा लिएको हो । हाल कार्यदल गणले सडकको निर्माणदेखि बम ब्लाष्टिङ, सुपरिवेक्षण र प्राविधिकलगायतका काम गर्दै आएको छ । सेनाका ५०-६० जवान दैनिक रुपमा यो सडक निर्माणमा जुटीरहेका छन् । सो सडक अर्न्तर्गत खुदी खोलामा बेलिव्रिजको निर्माण सम्पन्न भएपछि अहिले ङादी बजारको पारिपट्टसिम्म मोटर गुडिरहेका छन् । जसबाट उत्तरी लमजुङ तथा मनाङका बासीन्दा र स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आवागमनमा सजिलो भएको छ ।

No comments:

Post a Comment