बेसीशहर- पाँच बर्षअघि विभाजित नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच असोज ८ गते एकीकरण भएपछि समस्त नेता कार्यकर्तामा उत्साह थपिएको छ ।
एकीकरणसंगै गिरिजाप्रसाद कोइराला पार्टर्ीीभापति भएका छन् भने उनी पछि मर्यादाक्रममा संस्थापक नेता कृष्णप्रसाद भट्टर्राई र शेरबहादुर देउवा रहेका छन् । पार्टर्ीीे उपसभापतिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह रहेका छन् भने महामन्त्रीमा डा. रामबरण यादव, के.बी गुरुङ र विमलेन्द्र निधि रहेका छन् । शुशिल कोइराला कार्यबहाक सभापति भएका छन् ।
कांग्रेस गणतन्त्रमा गएकोप्रति असहमति जनाउँदै संस्थापक नेता भट्टर्राई भने पार्टर्ीीट अलग भएका छन् । पार्टर्ीीे अन्य तहमा दुवै पार्टर्ीी केन्द्रीय सदस्यहरुलाई समायोजन गरिएको छ ।
लमजुङको काँग्रेस सभापतिको भाग तुलसी नारायण श्रेष्ठको भावमा परेको छ । एकीकरणपर्ूव उनी प्रजातान्त्रिकका सभापति थिए । ७५ जिल्ला सभापतिमध्ये संस्थापन पक्षका ४० र प्रजातान्त्रिक पक्षका ३५ जनाले जिल्ला कार्यसमितिको सभापति पाएका छन् । गण्डकी अञ्चलमा लमजुङ र मनाङ बाहेक सबै जिल्ला संस्थापन पक्षको भागमा परेको छ ।
यता पार्टर्ीीकीकरण पश्चतात जिल्ला कार्यसमितिको सहसभापति पाएका कृष्णप्रसाद कोइरालाले उक्त जिम्मेवारी नलिने बताएका छन् । यस अघि नेपाली कांग्रेस लमजुङका सभापति रहेका कोइराला ले आफू सदस्य मात्र रहने भन्दै सहसभापतिको पद अस्वीकार गरेका छन् । कोइराला राजनीतिमा तुलसी नारायण श्रेष्ठ भन्दा कान्छा हुन् । पार्टर्ीीवभाजनपर्ूव श्रेष्ठ जिल्ला कार्यसमितिको सचिव हुँदा कोइराला क्षेत्र नं. २ को सभापति थिए । एक पटक जिल्ला कार्य समितिको सभापति भैसकेको व्यक्ति सहसभापतिमा कसरी बस्ने भन्दै उनले पद अस्वीकार गरेका बुझिएको छ ।
No comments:
Post a Comment