scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 7, 2007

तुहियो हजुरआमाको सपना


बेसीशहर- संविधान सभाको चुनावमा भोट हालेर देशमा दीगो शान्ति र विकासका लागि योगदान गर्ने सपना बुन्ने १ सय ७ बषिर्य बृद्धा हजुरआमा पुतली गिरीको इच्छा संविधानसभा स्थगनसंगै तुहिएको छ । उनीजस्तै हजारौं हजुरआमा
सात दलको वैठकमा माओवादीको एजेण्डामाथि सहमति हुन नसक्दा असोज २४ गतेसम्मको लागि संविधानसभा निर्वाचनको सम्पर्ूण्ा प्रक्रिया स्थगन गर्ने सहमति भएको थियो । यो सहमतिसंगै नयाँ चुनावको अनुभव गर्ने ती हजुरआमाकोर् इच्छा तुहिन पुगेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बेसीशहरमा सम्मानित हुँदाको बखत ती बृद्धा हजुरआमाले संविधानसभा निर्वाचनमा भोट हाल्नर्ेर् इच्छा व्यक्त गरेकी थिइन् । महिला विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद पोखरेलले उनलाई दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।
राम्ररी आँखा देख्न र सुन्न नसक्ने अवस्थाकी ती बृद्धा लमजुङको भारते निवासी हुन् । हजुरआमाले खलाँतीसम्मको मुख देखिसकेकी छन् ।

No comments:

Post a Comment