लमजुङे उपभोक्ताले ब्यग्रताका साथ प्रतिक्षा गरेको मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ ।
मोवाइल सञ्चालन भए पछि बेसीशहरका स्थानीय बासीन्दामा खुशी छाएका छन् भने सुन्दरबजार र भोटेओडार आसपासका बासिन्दा आक्रोशित भएका छन् । बेसीशहरसंगै निर्माण गरिएका सुन्दरबजार र अर्चलबोटको टावर क्रियाशिल नगराइएपछि उनीहरुमा आक्रोश छाएको हो ।
दूर सञ्चार कार्यालयले आजैबाट नमस्ते प्रिपेड मोबाइलको सिमकार्ड वितरण गर्ने भएको छ । कार्यालयमा दर्ुइवटा काउण्टर खोलेर दिनको दर्ुइ सय थानका दरले मंगलबारसम्म सीम बाँडिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दर्ता नं. १ देखि ६०० सम्मका ग्राहकले मात्र हाललाई सिमकार्ड पाउने छन् । बाँकी उपभोक्तालाई दशैं पछाडि सिम बाँडिने कार्यालयका प्रमुख रुद्रकुमार श्रेष्ठले बताए । अघिल्लो शुक्रबारबाटै टावर क्रियाशील गराइने भनिए पनि मोबाइलको विलिङ्ग सिस्टममा खराबी आए पछि शुक्रबारबाट मात्र टावर क्रियाशील गराइएको हो । गत बैशाखमा सिमकार्डको लागि झण्डै सात हजारले टेलिकमको कार्यालयमा र झण्डै त्यति नै संख्याले इन्टरनेटबाट आवेदन गरेका थिए । इनटरनेटबाट आवेदन गर्नेहरु मध्ये ०९४ देखि २९०२३ दर्ता नम्बर भएका ग्राहकलाई आजै दूरसञ्चार कार्यालय पोखराको रानीपौवा काउण्टरबाट सिम वितरण गरिने भएको छ ।
पोष्टपेडका लागि दूरसञ्चारको पोखरा कार्यालयबाट फारम भरि तुरुन्तै प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
No comments:
Post a Comment