बेसीशहर- नेकपा माओवादीले राखेको समानुपातिक निर्वाचन प्रणालीमा सातदलबीच सहमति हुन नसक्दा मंसिर ६ मा हुने भनिएको संविधानसभा निर्वाचन हाललाई स्थगित भएको छ ।
दलीय सहमति अनुसार मन्त्रीपरिषद्ले निर्ण्र्ाागरी निर्वाचन आयोगमार्फ निर्वाचन स्थगित गरिएको हो । असोज २४ गतेसम्मका लागि भनिएको भए पनि काँग्रेस र माओवादी आ-आफ्नै अडानमा रहँदा चुनावको भविष्य नै रुमल्लिएको अनुभव भइरहेको छ ।
यसअघि नै आठदलबीच भएको चुनाव प्रणाली र राजतन्त्रको भविष्यसम्बन्धी छिनोफानो विषयमा पुनर्विचार र अडान फेरिँदां चुनाव अन्यौलमा परेको र कहिल्यै नहुने पो हो कि भन्ने आशंका पनि जन्मिएको छ । निर्वाचनको मिति दर्ुइ महिना मात्र बाँकी रहँदा माओवादी २२ सुत्रिय माग राख्दै सरकारबाट बाहिरिएपछि चुनावी अन्यौल बढेकै हो, त्यसमाथि पनि गणतन्त्र घोषणा र समानुपातिक प्रणालीमा काँग्रेसी असहमतिले अन्यौललाई अरु बढाएको छ ।
सात दलको गठबन्धनबाट निष्कर्षनिस्कन नसक्दा संसद्को विशेष अधिवेशनतर्फतेर्स्याइएका आँखाले पनि धोका खाने प्रायः निश्चित नै छ । विगतका संसदीय बखेडा र झमेलाले पर्ूवानुमानित धोकालाई पुष्ट्याइँ गर्दछन् ।
लामो समयदेखि गठबन्धनको नयाँ आधार तय गर्नुपर्ने आवाज उठाउँदै आएको माओवादीले क्रमबद्ध रुपमा आफ्ना कुरा अघि सार्नु र पुरानै निर्ण्र्ााा पुनर्विचार गर्न नमान्ने कांग्रेसको हठले गर्दा आसन्न निर्वाचनसंगै राज्यको पुनर्संरचनाबारे द्विविधा उत्पन्न भएको छ ।
देशको संक्रमणकालीन अवस्थाले निरन्तरता पाइरहँदा र अझ गम्भीर राजनीतिक संकट निम्तिँदा प्रतिक्रियावादी र पुनरुत्थानवादीलाई मौका मिल्न सक्ने विश्लेषकहरुको धारणा छ । अब हिजोको जस्तो अर्घर्ेेाइँ र पर्ूवाग्रह नझिकी नयाँ र्सवमान्य राजनीतिक आधार तय गरी नयाँ मिति घोषणा गर्दै चुनाव सम्पन्न गर्नु सात दलको अभिभारा हो । यदि संधिवानसभा निर्वाचन भएन भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने यथार्थ र्छलङ्ग छ । दलहरुबीच विगतमा झैं अब पनि अदूरदर्शी र अपरिपक्व सहमति हँुदै गयो भने घोषित संविधानसभा निर्वाचन कहिल्यै हुँदैन र भावी पुस्ताले पनि त्यसकै लागि लडिरहनुनपर्ने छ ।
No comments:
Post a Comment