scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 7, 2007

पर्यटक आवागमनमा उत्साहजनक बृद्धि


बेसीशहर- विगत बर्षरुमा शिथिल भएको पर्यटन उद्योग यस बर्षउभो लाग्ने संकेत देखिए पछि लमजुङका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
नेपालकै सबभन्दा व्यस्त पर्यटन मार्ग अन्नपर्ूण्ा पदयात्रा मार्गमा देशमा शान्ति छाए लगत्तै पर्यटन आगमन मा उत्साहजनक वृद्धि भएकोछ । अन्नपर्ूण्ा पदयात्रा मार्गको मुख्य प्रवेशद्वारको रुपमा रहेको लमजुङ सदरमुकाम बेसीशहरमा यतिबेला पर्यटकहरुको चहल पहल बढे पछि स्थानीय व्यवसायीहरुमा खुशीयाली छाएको छ । सेप्टेम्बर र अक्टोबर पर्यटक आउने पीक सिजनको रुपमा चिनिन्छ । त्यसैले अहिले यहाँका व्यवसायीहरुलाई भ्याइ नभ्याइ छ । होटलमा आउने पर्यटकहरु संख्यात्मक रुपमा बढेको तर उनीहरुलाई बेसीशहर र वरपर भुलाउने ठाउँ नहुँदा गुणात्मक फाइदा हुन नसकेको पर्यटन व्यवसायी रामकुमार श्रेष्ठको भनाइ छ । पर्यटकलाई थप केही दिन मात्र यहाँ रोक्न सकिएमा पर्यटन व्यवसाय फस्टाउने श्रेष्ठ बताउँछन् ।
विगत बर्षरु भन्दा यस बर्षलमजुङमा धेरै पर्यटक आएका छन् । अन्नपर्ूण्ा पदयात्रा मार्गमा जाने मुख्य बाटो यहीँबाट शुरु हुने भएकाले यो मार्गमा जाने र गएर र्फकने पर्यटकहरुको अहिले बेसीशहरमा लस्करै देख्न सकिन्छ ।
अन्नपर्ूण्ा संरक्षण आयोजना -एक्याप)को पर्यटक जाँच पोष्टको तथ्याङ्कले पनि विगत बर्षा भन्दा अहिले पर्यटक बढेका देखाएको छ । सन् २००७ को सेप्टेम्बरसम्म जम्मा ६ हजार ६ सय २५ पर्यटक लमजुङ हुँदै थोराङ पासका लागि आएका छन् । सन् २००६ को सोही अवधिमा जम्मा ३ हजार ३ सय १३ पर्यटक यहाँ आएका थिए । प्रतिशतमा हेदौ गतबर्षभन्दा यस बर्षझण्डै सतप्रतिशतले पर्यटक बढेका छन् । अन्नपर्ूण्ा संरक्षण आयोजना इलाका कार्यालय भुजङका प्रमुख यमबहादुर गुरुङका अनुसार गएको सेप्टेम्बर महिनामा मात्र १ हजार ५ सय ४ जना पर्यटक लमजुङ भित्रीएका छन् । अक्टोबर महिना शुरु भएयता त्यो संख्या अरु बढेको र दैनिक ७०/८० पर्यटकहरु लमजुङ आउने गरेको चेकपोष्टका कर्मचारी बृजबहादुर गुरुङले बताए ।
अन्नपर्ूण्ा पदयात्रा मार्गमा विशेष गरी पmान्सेली पर्यटकहरु बढी आउने गरेका तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार इजरायल, जर्मनी, वेलायत, अष्ट्रेलिया, क्यानडा, स्पेन, इटली र स्वीस पर्यटकहरु यहाँ धेरै मात्रामा आउने गरेका छन् । नेपाल घुम्न आएका पर्यटकहरु नेपाल सुन्दर भएको बताउँछन् ।

No comments:

Post a Comment