scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 28, 2007

मूल्यबृद्धिको र्सवत्र विरोध


बेसीशहर- सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेपछि यसको र्सवत्र विरोध भएको छ । सरकारमै सामेल राजनीतिक दलका भातृसंगठनहरु मूल्यबृद्धिको बिरुद्धमा उत्रिएका छन् ।
मूल्यबृद्धिको विरोध गर्नेहरुमा आठ विद्यार्थी संगठन, नेपाली काँग्रेस निकटको तरुण दल, एमाले निकट प्ररायुसंघ, माओवादीको भातृसंगठन वाइसिएल, विभिन्न सामाजिक संघ संस्था तथा र्सवसाधारणहरु रहेका छन् । विरोधका क्रममा अनेरास्ववियू -क्रान्तिकारी) लमजुङले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी जनआन्दोलनकोे म्याण्डेटलाई पूरा गर्नुको सट्टा लोकतान्त्रिक भनाउँदो सरकारले नेपाली जनताको भावनाको विरुद्धमा निर्ण्र्ाारु गर्दै अगाडि बढिरहेको जनाउँदै राष्ट्रिय महत्वका विषय वस्तुमा राजनैतिक सहमतिको आधारमा निर्ण्र्ाागर्ने भन्ने सहमतिलाई तोड्दै सरकारले एकलौटी पर्ूण्ा ढंगबाट पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै विरोध गरेको छ । उक्त संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज गर्न सरकार समक्ष माग गरेको छ । संगठनले मूल्यबृद्धि फिर्ता नभए सडक आन्दोलनमा ओर्लने जनाएको छ ।
त्यसै गरी अनेरास्ववियु लमजुङले पनि एक विज्ञप्ती प्रकाशित गरी मूल्यबृद्धिको विरोध गरेको छ । संगठनका सचिव विवश बुढाथोकीद्वारा प्रकाशित विज्ञप्तीमा जनताको ढाडै सेकिने गरी गरिएको मूल्यबृद्धि फिर्ता लिन र यस्तो कार्य पुनः नदोहोर्‍याउन अपिल गरिएको छ ।

No comments:

Post a Comment