scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, October 28, 2007

जुन जोगी आए पनि कानै चिरेका


बेसीशहर- 'जुन जोगी आए पनि कानै चिरेका ।' यो उखान अहिले फेरि सान्दर्भिक भएको छ । लोकतान्त्रिक भनिने सरकारले समेत पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेपछि यो उखान सान्दर्भिक भएको हो । सारा नेपाली विजया दशमीको रमाइलोमा भुलिरहेको मौका छोपी राजा ज्ञानेन्द्रले छोरा पारसलाई पाँच बर्षअघि युवराज घोषणा गरे झैं जनताको भनिएको लोकतान्त्रिक सरकारले पनि त्यस्तै अवसर छोपेर पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरी दशैंको रौनक दिएको छ । राजा ज्ञानेन्द्रले अरु बेलामा त्यो घोषणा गरेको भए शायद के के हुन्थ्यो । दशैंको रमाइलोमा भुलेका धेरैजसो नेपालीले त्यसको भेउ नै पाएनन् । र विरोध पनि खासै भएन ।
अहिलेको लोकतान्त्रिक सरकारले पनि ठ्याक्कै त्यस्तै गर्‍यो । आयल निगमको घाटा पर्ूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्न लोकतान्त्रिक भनाउँदो चार दलको सरकारले पनि दशैंकै बेला रोज्यो । अहिले पेट्रोलियम पदार्थको भाउ सामान्य नेपालीले उपभोग गर्नै नसकिने गरी आकासिएको छ । राहतको आशमा बसेका नेपाली जनतालाई लोकतान्त्रिक सरकारले आहात दिएको छ । हिजो शाही शासनकालमा पनि मूल्यबृद्धि भएकै हो तर जनताको विरोध खेप्न नसकी फिर्ता लिनुपरेको लोकतान्त्रिक सरकारले कसरी विस्र्यो कुन्नि - जे होस् अब जनतालाई भन्न सजिलो भएको छखाना बनाउन एल.पी ग्याँसको मूल्य ९ सय बाट ११ सय पुगेको छ । पेट्रोल प्रति लिटर ६८ बाट बढेर ७३ पुगेको छ । मटितेल प्रति लिटर ५१ रुपैयाँ पुगेको छ भने डिजेल मा पनि प्रति लिटर ३ रुपैयाँ बढेको छ ।

No comments:

Post a Comment