scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, November 18, 2007

मोबाइलमा कुरा गर्दै हुनुहुन्छ - होस गर्नुस है


मोबाइलमा टन्न पैसा छ भनेर आफन्तसंग ढुक्कले कुरा गर्दै हुनुहुन्छ - होस गर्नुस् है थोरै कुरा गर्दा पनि तपाईको मोवाइलमा भएको पैसा थाहै नपाइ सकिन सक्छ । अनि फेरि विदेशमा आफन्तसंग कुरा गर्नुछ - त्यसो हो भने मोवाइलबाट नै गर्नुस । किनकी अन्तराष्ट्रिय कल गर्दा मोवाइलमा लोकल चार्ज भन्दा पनि कम शुल्क उठ्न सक्छ ।
यी पंक्ति पढ्दा पाठकहरुलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । नेपाल टेलिकमले लमजुङमा वितरण गरेको जीएसएम प्रिपेड मोवाइलमा यस्तै समस्या हुने गरेको छ ।
यति मात्र होइन साधारण टेलिफोनबाट आएको कल होस् वा मोवाइलबाटै आएको कल होस् उठाउँदा कुरा नसुनिने, कुरा गर्दा इको साउण्ड सुनिने समस्या पनि देखा परेको छ । फोन कनेक्ट हुने, नसुनिने तर विलिङ्ग भइरहने समस्या यथावत भएकाले सेवाग्राहीहरु मर्कामा परेका छन् । दोश्रो पटक सर्म्पर्क गर्दा भने राम्ररी सर्म्पर्क हुने गरेको उनीहरुको गुनासो छ ।
यस विषयमा नेपाल टेलिकम लमजुङमा बुझदा कार्यालय प्रमुख रुद्रकुमार श्रेष्ठले सिस्टममा खराबी आएका कारण यस्तो भएको बताएका छन् । यस अघि लमजुङमा मोवाइल सञ्चालनमा ढिलाइ हुनाका कारण पनि विलिङ्ग सिष्टमको खरावी देखाइएको थियो ।

No comments:

Post a Comment