scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, November 18, 2007

लउबासंघका अध्यक्ष पिया सिकीस्त विरामी


बेसीशहर- लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कुमार पिया मस्तिष्कमा रक्तश्राव भइ विरामी परेका छन् ।
गत कार्तिक २९ गते बेसीशहरस्थित उद्योग बाणिज्य संघको आफ्नै कार्यकक्षमा अचानक मर्ुछा भइ ढलेपछि उनलाई तत्काल उपचारका सदरमुकामस्थित सामुदायिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई सोही दिन काठमाडौं लगिएको थियो ।
हाल उनको त्रिविवि शिक्षण अस्पताल काठमाडौंको सिसियू कक्षमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको उनका छोरा रोशन पियाले जानकारी दिएका छन् । अध्यक्ष पिया विरामी भए पछि जिल्लास्थित विभिन्न संघसंस्थाले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसरी कामना गर्नेहरुमा लमजुङ उद्योग बाणिज्य संघ, हिमाचुली कला साहित्य प्रतिष्ठान, नेकपा एमाले लमजुङ लगायत छन् ।
लमजुङ आवाज परिवार पियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

No comments:

Post a Comment