बेसीशहर- ६/६ महिनाको मेहनत एकै छिनमा स्वाहा हुँदा कसको मन नरोला र - हो अहिले यसरी नै रोएर बस्न बाध्य छन् राइनास मोहोरियाका किसानहरु । गत बिहीबार परेको असिनाले धान कोदो लगायतका अन्नबाली र फलफूल स्वाहा भएपछि उनीहरु रोएर बस्न बाध्य छन् ।
करिब आधा घण्टासम्म परेको असिना पानीले मोहोरियाकोट गाविसको लगभग पूरै क्षेत्रमा लगाइएको धानबाली पर्ूण्ातया रुपमा नष्ट भएको छ । स्थानीय जयबहादुर थापाले भने- 'असिनाले रुखको बोक्रासमेत उप्काएको छ भने धान कोदोको त के कुरा गर्नु -' असिनाले त्यस क्षेत्रमा फलेका सुन्तला पनि क्षति गरेको छ । उक्त गाविसका वडा नं. १ देखि ९ सम्म नै तरकारी, फलफूल तथा अन्नबाली नराम्ररी प्रभावित बनाएको छ । उनले भने- 'अहिले त्यहाँ ५० मुरी धान भित्राउने किसानको घरमा गेडो पनि नभित्रने भएको छ ।'
बर्षरी खाने खेती असिनाले नष्ट गरेपछि स्थानीय किसानहरुमा पर्नु चोट परेको छ । धान त झारेको छ नै परालसमेत असिनाले ढुटै बनाएको किसानहरुको भनाई छ ।
अर्काको जग्गामा अधियाँ गरेर बनिबुतो गर्ने गरेका स्थानीय मोहनबहादुर थापा अहिले बिलखबन्दमा परेका छन् । ६ महिनासम्म अर्काको जग्गामा पसिना बगाएका थापालाई अहिले बाली भित्राउने बेलामा आएर पर्नु चोट परेको छ । महिनौं दुःख जिलो गरेर लगाएको खेती आधा घण्टाको समयमै असिनाले सखाप पारेपछि उनी छाँगाबाट खसे झैं भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय लमजुङका अनुसार करीब १ सय ५० हेक्टर जमीनमा लगाइएको अन्न, तरकारी र फलफूलबाली असिनाले नष्ट गरेको छ ।
No comments:
Post a Comment