scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, November 18, 2007

बिष खुवाएर हत्या


बेसीशहर- पारीवारिक र घरेलु हिंसाले आतङ्कीत नेपाली समाजमा एउटी महिला महिलाकै कारण हत्या, हिंसा र झगडाको जन्जीरमा फँसेको यथार्थ हाम्रो समाजमा पर्दाभित्र र बाहिर अनगिन्ती पाइन्छन् ।
फरक यत्ति हो, कुनैले सानो र कुनैले ठूलो रुप लिन्छन् । कुनै बाहिर आउँछन्, कुनै आउँदैनन् । कुरा गत २५ कार्तिक भाइटीकाको दिनको हो । सो दिन सौहार्दपर्ूण्ा पारिवारिक जमघटमा उल्लासका साथ बर्षरिको प्रतिक्षा तिहार मनाउने समयमा घनपोखरा २ स्थित एक परिवारमा दुःखद घटना त्यो पनि सुनियोजित तरिकाले घटाइयो । आफ्नै सासु र नन्दले एक महिलालाई बिष सेवन गराएर हत्या गरे । आखिर अपराध नै थियो त्यो । यद्यपी हाम्रो पुरुष प्रधान समाजमा एउटी अबला नारी महिलाकै कारण घरेलु हिंसाबाट पीडित बनेको यो एउटा उदाहरण मात्र हो ।
दर्ुइ छोरा र एक छोरीकी आमा २७ बषर्ीय मनकुमारी वि.क.लाई आफ्नै सासु सानीमाया वि.क. र नन्द मनकुमारी वि.क.ले रोटीमा बिष हालेर खान दिएका थिए । बिषालु रोटी खाए पछि मनकुमारीको मृत्यु भएको थियो । वनका विषालु जडिबुटीलाई सेलरोटीमा मिसावट गरेर खान दिएको र खाएको केही समयमा नै मनकुमारीको मृत्यु भएको अभियुक्त आमा छोरीले प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले अभियुक्त द्वयलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

No comments:

Post a Comment