नेपाली कांग्रेसका उपसभापति तथा शान्ति तथा पुनर्निमाण मन्त्री रामचन्द्र पौडेलले सानातिना प्रकृयाका कुरा उठाएर संविधानसभा निर्वाचन अल्मलाउनु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तो भएको विचार व्यक्त गरेका छन् ।
बेसीशहर-चामे सडकको अवलोकन तथा स्यांगे जलविद्युत आयोजनाको पछि शनिबार लमजुङको स्यांगेमा मनाङ विकास समाजले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पौडेलले यो कुरा बताएका हुन् । सो अवसरमा पौडेलले नेपाललाई परिवर्तनबाट रोक्ने शक्ति कोही पनि छैन, यदि कोही छ भने सात दलबीचको मनमुटाव र वैमनस्यो नै हो भने । पौडेलले संवैधानिक राजतन्त्र छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको कांग्रेसलाई अन्य दलहरुले गणतन्त्रकै कुरा गरेर घेरावन्दी गरेकामा आपत्ति जनाए ।
उनले अहिलेको मिश्रीत निर्वाचन प्रणाली ९० प्रतिशत समानुपातिक भएका दावी गर्दै पर्ूण्ा समानुपातिक निर्वाचन प्राणाली काँगे्रसलाई मान्य नभएको दोहोर्याए । संविधानसभाको पहिलो बैठकले गणतन्त्रको बारेमा फैसला गर्नै हुनाले गणतन्त्रको फैसला जनतालाई नै गर्न दिनुपर्ने कांग्रेसको धारणा रहेको उनले स्पष्ट पारे । बेसीशहर चामे सडक निर्माणमा सरकारले चाहिँदो बजेट दिने आश्वासन दिँदै पौडेलले बजेटको सही सदुपयोग गर्न आग्रह गरे ।
जनमोर्चा नेपालका अध्यक्ष तथा पर्ूव उपप्रधानमन्त्री अमिक शेरचनले अहिले सातदलभित्र देखिएको मतभेदले सातदलीय एकता टुट्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । अगुल्टो पनि नठोसी बल्दैन भन्दै शेरचनले सातदलभित्रको मतमतान्तरले देशका समस्या समाधान गर्न सहयोग पुर्याउने दावी गरे । उनले संसदको विशेष अधिवेशनले पारित रेका दर्ुइ प्रमुख राजनीतिक एजेण्डा लागू गर्न सरकारसंग आग्रह गरे । राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र जनताको माग भएको बताउँदै आगामी संसदको हिँउदे आधिवेशनबाट संवैधानिक रुपमले संस्थागत गर्नुपर्ने धारणा राखे ।
माओवादी नेता देव गुरुङले सात दलको एकताको विकल्प नभएको बिचार राख्दै देशको अग्रगामी रुपान्तरणका लागि तत्कल गणतन्त्र घोषणा गर्नुपर्ने विचार राखे। विकासको मामलामा विवादित र विभाजित हुन नहुने तर्क राख्दै साझा मूल्य मान्यतामा सबै पार्टर्ीी एक ढिका हुनुपर्ने आवश्यकता उनले औंल्याए । उनले सरकारले बेसीशहर चामे सडकलाई छुट्याएको ७ करोड रुपैयाँ पर्याप्त नभएकोले बजेट थप्न माग गरे ।
मनाङ विकास समाजका अध्यक्ष खाम्सुङ गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, लमजुङका विधायकहरु हरिभक्त अधिकारी र रामबहादुर गुरुङ, मनाङका विधायक पाल्तेन गुरुङ, पर्ूव सांसदहरु रामचन्द्र अधिकारी, कोमल घले, राष्ट्रिय योजना आयोगका सदस्य रमाकान्त थारु, एमाले जिल्ला सचिव मायानाथ अधिकारी, गण्डकी अञ्चल सदस्य टुका हमाल, माओवादी जिल्ला सेक्रेटरी बुद्धिराम तमुले पनि मन्तब्य राखेका थिए ।
कूल ६५ किलोमिटर दूरी रहेको बेसीशहर चामे सडक खण्डकोे ४७ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ
No comments:
Post a Comment