बेसीशहर- कार्तिक २२ गतेदेखि बेपत्ता शोभा मन्दिर प्रा.विका शिक्षक गोविन्दबहादुर मजाकोटीको शुक्रबार दिउसो शव फेला परेको छ ।
सिन्दुरे गाविसको वनकाटा भीर भन्ने ठाउँमा चिलाउनेको रुखमा अड्केको अवस्थामा उनको शव फेला परेको थियोे । शवको प्रकृति हर्ेदा उनलाई कसैले हत्या गरी फालिदिएको स्पष्ट हुने उनका आफन्तहरुले बताएका छन् । शव टाउको जलाइएको र घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा फेला परेको थियो ।
गत कार्तिक २२ गते विद्यालय विदा भएपछि घर तर्फ फर्केका मजाकोटी सोही दिनदेखि बेपत्ता थिए । घर नआएपछि भोलिपल्ट देखि परिवारजनले उनको खोजी शुरु गरेका थिए । खोजीको क्रममा सिन्दुरे र चन्द्रेश्वर गाविसकाबीचमा पर्ने खेतमा उनको चप्पल र छाता भेटिएको थियो । तर शुक्रबार उनको शव अर्कै ठाउँमा भेटिनु र उनी हिँड्ने गरेको भन्दा भिन्न ठाउँमा शव भेटिनुले उनको हत्या भएको सहजै अनुमान गर्न सकिने उनका आफन्तहरु बताउँछन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । यसै क्रममा प्रहरीले मजाकोटीले पढाउने गरेका स्कूलका प्र.अ. मनबहादुर दुरा र पर्ूव गाविस अध्यक्ष भीमबहादुर दुरालाई सोधपुछका लागि हिरासतमा लिएको छ । यसैबीच शक्षक मजाकोटीको हत्याको विरोधमा आज जिल्लाका सम्पर्ूण्ा विद्यालयहरु बन्द भएका छन् ।
No comments:
Post a Comment