बेसीशहर- २३ बुँदे अबधारणापत्र पारित गर्दै जिल्लाभरका नीजि विद्यालयका शिक्षकहरुको जिल्ला भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले संस्थागत विद्यालय शिक्षक युनियन कार्यसमिति लमजुङ पनि गठन गरेको छ र्।र् इश्वर पाण्डेको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा राजु थापा, सचिवमा नारायण के.सी, सहसचिवमा दिनेश सापकोटा, कोषाध्यक्षमा टीका भण्डारी र सदस्यहरुमा विष्णु बोहरा, भरत बस्याल, तर्ीथ भण्डारी, कृष्णबहादुर अछामी, नारायण न्यौपाने, सुमन ठाकुर, बेञ्जु घिमिरे, राजु अधिकारी, सुरज रावल र कमलबहादुर घिमिरे चयन भएका छन् ।
भेलाले पारित गरेको अवधारणा पत्रमा विद्यालयहरुको शैक्षिक स्तर बृद्धि र शिक्षक हक, हित सम्बन्धी विभिन्न प्रस्तावहरु रहेका छन् । जस अर्न्तर्गत नीजि तथा संस्थागत विद्यालहरुबीचको शैक्षिक दूरी कम गर्ने एवं त्यहाँ कार्यरत शिक्षकहरुलाई सरकारी शिक्षक सरह सेवा, सुविधा उपलब्ध गराउन प्याब्सनलाई दबाव दिने लगायत छन् ।
भेलाले शैक्षिक स्तर बृद्धि गर्न सम्पर्ूण्ा विद्यालयहरुमा एकै खालका पाठ्यपुस्तक लागू गर्नुपर्ने, समय समयमा शिक्षक तालिमको व्यवस्था गर्नुपर्ने, शिक्षक नियुक्ति तथा विज्ञापनको प्रकृया पुरा गर्नुपर्ने र उचित काम गरेसम्म शिक्षकहरुको पेशागत सुरक्षा हुनुपर्ने माग गरेको छ ।
No comments:
Post a Comment