scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 2, 2007

लमजुङका सरकारी कार्यालयबाट ४ करोड राजस्व संकलन


बेसीशहर- लमजुङ जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट आर्थिक बर्ष२०६३/०६४ मा ४ करोड रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयबाट राहदानीबापत सबै भन्दा बढी २ करोड ६९ लाख ५९ हजार ३ सय रुपैया राजस्व सङ्कलन भएको छ । जिल्ला शिक्षा कार्यालयबाट १९ लाख १७ हजार, जिल्ला हुलाक कार्यालयबाट १० लाख ३३ हजार ८६, जिल्ला मालपोत कार्यालयबाट १३ लाख ८६ हजार, जिल्ला अदालतबाट ८ लाख ७० हजार रुपैया विभिन्न शिर्षमा राजस्व सङ्कलन भएको छ ।
कोष नियन्त्रक शिवराम महतका अनुसार लमजुङमा सर्ूर्तिजन्य पदार्थ तथा मदिरा इजाजतपत्रबापत २ लाख २८ हजार ७५ रुपैयाँ राजस्व गत आर्थिक बर्षा सङ्कलन भएको थियो । घरबाहल कर, आयकर व्याजकर बापत गत बर्षा ६० लाख ७० हजार ४ सय १२ रुपैया राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालय पोखरा मार्फ कर तिर्ने हुँदा ठूलो राजस्व रकमको हिसाव नदेखिएको कोष नियन्त्रक महतले बताए । महतका अनुसार जिल्लामा रहेका सरकारी कार्यालयहरुमध्ये जिल्ला प्रहरी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला खानेपानी कार्यालयबाट न्यून राजस्व सङ्कलन हुने गरेको छ । त्यस्तै जिल्ला आयर्ुर्वेद स्वास्थ्य कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय राजस्व सङ्कलन नहुने कार्यालयमा पर्दछन् ।

No comments:

Post a Comment