scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 2, 2007

लउबासंघका अध्यक्ष पिया अब रहेनन्



लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कुमार पियाको मंगलबार निधन भएको छ । गत कार्तिक २९ गते बिहीबार अचानक मर्ुछा परेपछि त्रिविवि शिक्षण अस्पताल काठमाडौंमा उपचार्रार्थ भर्ना भएका पियाको मंसिर ११ गते विहान ८ बजे निधन भएको हो । । मस्तिष्कमा रक्तश्राव भएका कारण उनको निधन भएको वताईएको छ ।
२०१२ सालमा तनहूँको बन्दिपुरमा जन्मेका पिया एक सफल ब्यापारी, साहित्यकर्मी र समाजसेवी थिए । २०४५ सालदेखि लमजुङ उद्योग बाणिज्य संघको कार्यसमितिमा बसी काम गर्दै ०५८ सालमा संघको महासचिव बनेका पिया २०६२ पौषबाट अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका थिए । अध्यक्ष पिया जिल्लाका विभिन्न १ दर्जन सामाजिक संघ संस्थामा विभिन्न पदमा आवद्ध थिए । समाजसेवा र साहित्य सिर्जना पियाका सौख थिए । उनका विभिन्न पत्र पत्रिकामा कविताहरु प्रकाशन भएका छन् । पियाको निधनमा जिल्लाका विभिन्न संघ संस्था, प्रतिष्ठित व्यक्ति, राजनीतिक दलहरुले शोक व्यक्त गरेका छन् ।
लमजुङ उद्योग बाणिज्य संघले पियाको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । संघले मंगलबार एक शोक बक्तब्य जारी गरी पियाको निधनबाट चेम्बर आन्दोलनलाई अपुरणीय क्षति भएको र संघले एक सक्षम नेतृत्व गुमाएको जनाएको छ । हिमालचुली कला साहित्य प्रतिष्ठान बेसीशहरले पियाको निधनमा तीन दिन शोक मनाएको छ । प्रतिष्ठानले एक शोक विज्ञप्ती प्रकाशित गरी पियाको निधनले अपुरणीय क्षति बेहोर्नुपरेको जनाएको छ । पिया प्रतिष्ठानका उपाध्यक्ष थिए ।
नेपाल लोकतान्त्रिक नेवा संघ, लमजुङ नेवा खल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेकपा एमाले लमजुङ, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाहरुले लमजुङका साझा व्यक्तित्व पियाको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक वक्तब्य निकालेका छन् ।
दिवांगत पियाको बुधवार बेसीशहरमा अन्तेष्टि गरियो । पियाको शोकमा बुधवार बेसीशहरका सम्पर्ूण्ा पसलहरु बन्द गरिएका थिए ।

No comments:

Post a Comment