scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 9, 2007

जलवायु परिवर्तन प्रकोपमा नेपाल छैंटौं स्थानमा


जलवायु परिवर्तन र यसको प्रभावको दृष्टिले नेपाल विश्वकै छैटौं प्रभावित स्थानमा रहेको एक गैरसरकारी संस्थाले जनाएको छ ।
'जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय कार्य दिवस' को अवसरमा को-एक्सन नामक गैरसरकारी संस्थाले शनिबार बेसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जनाएको हो । जलवायु परिवर्तनबाट हुने प्रभावका दृष्टिले विश्वका दर्ुइ सय मुलुकको सूचिमा नेपाल छैटौं स्थानमा परेको छ तर नेपालबाट हुने हरित ग्याँसको उर्त्र्सजनले जलवायु परिवर्तनमा खासै प्रभाव नपार्ने बताईएको छ ।
कमजोर भौगोलिक अवस्था, सम्बेदनशील प्राकृतिक वस्तुस्थिति र जोखिम सहन सक्ने क्षमता कम भएका कारण नेपाल खतराजन्य सूचिमा परेको हो । विश्वमा बढ्दो औद्योगिकरण र प्राकृतिक वातावरणको विनासले जलवायु परिवर्तन हुने र त्यसबाट नराम्रो असर पर्ने को-एक्सन नेपालका कार्यकारी निर्देशक दीपक आचार्यले बताए । उक्त संस्थाले पहिलो चरणमा र्सवसाधारणमा चेतना अभिबृद्धि गर्ने खालको कार्यक्रम सञ्चालन गर्ने, दोश्रो चरणमा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था एवं राजनीतिक दलसंग बढ्दो जलवायु परिवर्तन र यसको प्रकोप न्यूनिकरण सम्बन्धी अन्तरक्रिया र तेस्रो चरणमा सञ्चारकर्मीहरुमार्फ सबै कुरालाई र्सार्वजनिक गरिने बताइएको छ ।
संस्थाका अनुसार जलवायु परिवर्तनबाट पर्न जाने खतरा कम गर्न सन् १९९२ को पृथ्वी सम्मेलनमा संयुक्त राष्ट्रसंघद्वारा प्रस्तुत जलवायु परिवर्तन महासन्धिमा १ सय ५४ राष्ट्रले हस्ताक्षर गरेका थिए । संसारमा धेरै कार्वनडाइअक्सइड उत्पादन गर्ने अमेरिकाले भने सन्धिमा हस्ताक्षर गरेको छैन । जलवायु परिवर्तन हुनुमा अमेरिकाको २५ प्रतिशत भूमिका छ तरे ०.०५ प्रतिशत भूमिका हुने नेपालले, त्यसको प्रकोप ब्यहोर्नुपरेको छ । यसलाई जनस्तरमा चेतनाको विषय बनाउँदै विकास निर्माणबाट अपेक्षित लाभ लिन कार्यक्रम तय गर्ने संस्थाले जनाएको छ । जलवायुसम्बन्धी काम गर्ने अन्य सरकारी तथा गैरसरकारी संस्थालाई काम गर्न सहज वातावरण बनाइने को-एक्सन नेपालको लक्ष्य रहेको निर्देशक आचार्यले बताए ।
जलवायु परिवर्तन भन्नाले पृथ्वीको तापमान बृद्धि हुनु, हिमाल तथा हिमनदी पग्लनु, हिमताल फुट्ने खतरा बढ्नु, भू-कम्प भइरहनु, अति, अना तथा खण्डवृष्टि भइहरनु आदिलाई बुझिन्छ । हिमाली तथा भिरालो जमिन र विभिन्न परियोजना सञ्चालन हुनसक्ने सम्भाब्यताका काराण लमजुङ पनि प्रभावित जिल्लाको रुपमा रहेको संस्थाले जनाएको छ ।

No comments:

Post a Comment