scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 2, 2007

अक्षर यात्रा बेसीशहरमा



विश्व एड्स दिवसमा विविध कार्यक्रमबेसीशहर- कला, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ पोखरेली साहित्यकारहरुले शुरु गरेको अक्षर यात्रा शनिबार बेसीशहर आइपुग्यो ।
गजल सन्ध्या, नवनित साहित्य परिवार र भावना साहित्य परिवार कास्कीको आयोजनामा भएको सो अक्षर यात्राको स्थानीय आयोजक भने हिमालचुली कला साहित्य प्रतिष्ठान रहेको थियो ।
चण्डीडाँडास्थित जनविकास माविमा भएको कार्यक्रममा श्रष्टाहरुले यात्राकै क्रममा रचेका रचनाहरु पाठ गरेका थिए । कार्यक्रममा २७ अतिथि साहित्यकार र स्थानीय साहित्यकार गरी ५० जनाको सहभागिता थियो ।
प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेको अध्यक्षतामा सम्पन्न अक्षर यात्रा कार्यक्रममा पोखरेली साहित्यकार दीपक समीप, लक्ष्मण थापा, बलराम पर्ूण्ाविराम, कृष्ण देवकोटा देखि स्थानीय साहित्यकारहरु ठाकुरप्रसाद छाँगा, अंगराज घिमिरे, मेघेन्द्र पोख्रेल, शाल्रि्राम अधिकारी, रुपिन्द्र प्रभावी कटु, सुशिलचन्द्र अधिकारी, वेनबहादुर सुयल, राजकुमार दुलालसम्मका साहित्यानुरागीहरुले आ-आफ्ना गजल, मुक्तक, गीत तथा कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै पोखरेली गजलकार दीपक समिपले आफूलाई कार्यक्रमले थप उर्जा दिएको धारणा राखेका थिए । अर्का अतिथि साहित्यकार लक्ष्मण थापाले अक्षर यात्रा २ बर्ष४ महिना अघि शुरु भएको र अझै जारी रहने जानकारी दिए । कार्यक्रममा अध्यक्ष अनन्द घिमिरेले कार्यक्रमले लमजुङे साहित्यकारहरुलाई साहित्य रचना गर्न थप उत्साहित बनाएको धारणा राख्दै हिमालचुली कला साहित्य प्रतिष्ठानले छिट्टै नै दाइँ कविता महोत्सव आयोजना गर्न लागेको जानकारी दिएका थिए ।

No comments:

Post a Comment