scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 9, 2007

खेलकुदको विकासका लागि छुट्टै मन्त्रालय चाहिने


बेसीशहर- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको विकासका लागि छुट्टै खेलकुद मन्त्रलयको स्थापना गरी पर्याप्त बजेट छुट्टाउन सके मात्र खेलकुदको विकास हुने बताएका छन् ।
शुक्रबारबाट बेसीशहरमा शुरु भएको जिल्लास्तरीय अन्तर गा.वि.स. भलिवल प्रतियोगिताको उदघाटन गर्दै मन्त्री गुरुङले नेपालमा खेलकुद पर्यटनको राम्रो सम्भावना रहेको बताउँदै खेलकुदको विकास गर्न सके त्यसैको माध्यमबाट पर्यटनको पनि संगसंगै विकास गर्न सकिने विचार ब्यक्त गरे । गाउँ गाउँमा लुकेर रहेका प्रतिभावान खेलाडी छनोट गर्न गाउँस्तरमा हुने प्रतियोगिताले ठूलो मद्दत पुर्‍याउने उनले बताए । यस्ता प्रतियोगिताले बलियो राष्ट्रिय स्तरको टीम निर्माण गर्न सक्ने बताउँदै मन्त्री गुरुङले खेलाडीहरुको संरक्षण राज्यबाट हुनुपर्नेमा जोड दिए । गाउँ गाउँमा खेलमैदान र कभर्ड हल आदि निर्माण गर्न सके खेलकुद विकासमा टेवा पुग्ने पनि उनले बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले खेल क्षेत्र राज्यको प्राथामिकतामा पर्न नसकेकोमा दुःख प्रकट गर्दै खेलकुद विकासका लागि पर्याप्त बजेट छुट्याउन सरकारसंग माग गरे ।
कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मोहन रेग्मी, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति तुलसी नारायण श्रैष्ठ, नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारी, नेकपा माओवादी लमजुङका इञ्चार्ज देवेन्द्र पराजुली, जनमोर्चाका अध्यक्ष मुरारी अर्याल, निमित्त प्रमुख जिल्ला अधिकारी रामकाजी खनाल, जिल्ला भलिवल संघका अध्यक्ष विकास दनाई जिल्ला ेखेलकुद विकास समितिका सदस्य डिलबहादुर दवाडीले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment