scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, December 18, 2007

प्रचण्डको गाउंफर्क अभियान

पुस एक गते नेपालमा पहिलो राजनीतिक कु भएको दिननै पारेर पुन गाउं फर्क अभियानको घोषणा भएको छ । पञ्चायती व्यवस्थाको एक नीतिको रुपमा रहेको गाउंफर्क अभियानको घोषणा कुनै कट्टर राजावादीले भने गरेका हैनन है । यसरी पञ्चायति कार्यक्रमलाइ आत्मसात गर्ने नेता थिए माओवादी अध्यक्षन प्रचण्ड । संयोग मात्र हो वा नियोजित त्यो भने बुझ्न सकिएन । राष्टवादीसंग मोर्चा कस्ने योजनाका साथ कट्टर राजावादीहरुसंग अंगालो मार्न पुगेका प्रचण्डले पुस एक गते पारेर घोषणा गरेको गाउंफर्क अभियानले सबैलाइ चकितै पारेको छ । प्रचण्डले आइतवार माओवादीको केन्द्रिय प्रशारण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै चार महिने गाउं फरक अभियानको घोषणा गरे । २०१७ साल पुस एक गते राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री विपि कोइरालालाइ अपदस्त गरी सबै नेतालाइ पक्राउ गरी पञ्चायति शासन व्यवस्थाको शुरुवात गरेका थिए ।
अनी त्यत्ति व्यवस्थाको एक चर्चित नारा थियो गाउं फर्क अभियान । त्यसमो उद्धेश्य शहरमा रहेका गाउंमा व्यक्तिलाइ आफ्नै स्थानमा गएर काम गर्ने भन्ने नै थियो होला ।अनी त्यत्ति व्यवस्थाको एक चर्चित नारा थियो गाउं फर्क अभियान । त्यसमो उद्धेश्य शहरमा रहेका गाउंमा व्यक्तिलाइ आफ्नै स्थानमा गएर काम गर्ने भन्ने नै थियो होला ।हो ठ्याक्कै त्यही महेन्द्र शब्द कसरी प्रचण्डको बोलीको रुपमा पुस एक गते फुस्किएको पुगेको हो अचम्मै लाग्यो । कुन शब्द कसले प्रयोग गर्ने गरेको हो त्यसमा माओवादी जत्तिको चलाख को नै छ र । अनी कति गने के हो भनेर विरोधको क्यालेन्डर निर्माणमा पनि उ सबैभन्दा अगाडि नै हो ।त्यसैले प्रचण्ड कामरेडले पुस एक गते घोषणा गरेको गाउं फर्क अधियान अनायसनै आएको पक्कै हैन । यो महेन्द्रपथ र प्रचण्डपथको मिलनविन्दु हुनसक्छ । यो भाषा माओवादीले क्रान्तिकारी र राष्टवादीको फ्युजनवाट जन्माउने प्रयास गरेको गणतन्त्रको सार हुनसक्छ ।

No comments:

Post a Comment