scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 9, 2007

गाउँमा मोटर लैजान कस्सिए गाउँलेहरु



गाउँशहर- सरकारको मुख ताक्दा छिट्टै सडक खनिने सम्भावना कम देखिएपछि यस गाविसको वडा नं. ९ चिसापानीका बासिन्दाले आफ्नै प्रयासमा गाउँसम्म मोटरबाटो खन्न लागेका छन् ।
३ बर्षअघिदेखि ्गाउँमा मोटर लैजान प्रयासरत गाउँलेहरु त्यो सपना पूरा गर्न अहिले आफै कम्मर कसेका छन् । त्यसका लागि उनीहरु आफैले सडक निर्माणका लागि सक्दो रकम समेत जुटाउने भएका छन् ।
गाउँसम्म मोटर पुर्‍याउनका लागि आर्थिक स्रोत जम्मा गर्न उनीहरुले गाउँका बासिन्दालाई क, ख र ग गरी श्रेणीमा विभाजन गरेका छन् । श्रेणी विभाजन अनुसार क श्रेणीमा जागिरे तथा पेन्सनवालाहरु परेका छन् । उनीहरुले १ महिनाको तलब वा पेन्सनको ५० प्रतिशत, सडक निर्माण कार्यमा खर्च गर्नुपर्ने निर्ण्र्ाागरिएको उपभोक्ता समितिका अध्यक्ष मंगलबहादुर गुरुङले बताए ।
त्यस्तै ख श्रेणीमा पर्ने गाउँलेहरुले १ हजार २ सय र ग श्रेणीमा परेकाले ६ सय रुपैयाँ सडक निर्माण कार्यमा लगानी गर्नेछन् ।
स्थानीय बासिन्दामध्ये ५६ जनाले ५/५ हजार रुपैयाँ धरौटीसमेत जम्मा गरेका स्थानीयबासी जगतबहादुर गुरुङले बताए ।
गाउँशहर गा.विसको भकुण्डेबजार देखि चिसापानी गाउँसम्मको भकुण्डे-देउराली-जोगिकुला-चिसापानी ग्रामीण सडकको लम्बाई ५ किलोमिटर छ । सडक निर्माणका लागि स्थानीय गाविसले गत बर्ष२५ हजार रुपैया दिएको थियो । जिविसले १ लाख ५० हजार दिने बताएको छ। उक्त सडकको शनिबार एक समारोहकाबीच गाविसका अध्यक्ष/सचिव रामकृष्ण देउजाले शिलन्यास गरे । उनले सो अवसरमा सडकलाई गाविसले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।
शिलन्यास कार्यक्रममा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइराला, नेकपा एमालेका कमला अधिकारी, बेसीशहर नगर विकास समितिका अध्यक्ष भुपालबहादुर दनाई, गाविसका निवर्तमान अध्यक्ष राजेन्द्र बोहरा, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण के.सी लगायतले सडक निर्माणका लागि सक्दो सहयोग गर्ने बचन दिएका थिए ।

No comments:

Post a Comment