scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, December 21, 2007

आज पालो सुन्दरी को-अर्जुन पाण्डे

कति राजनीति को मात्रै कुरा गर्नु,आज सुन्दरीहरुलाई पनि लम्जुङ आवजमा ठाउँ दिन मन लाग्यो,त्यसैले सम्पूर्ण पाठकहरुको मनोरन्जन को लागि यो ब्लग राख्दै छु ।
२० वर्षीया एलिजी पाउलीसेकका लागि सोमबारको रात अविस्मरणीय रात बन्न पुग्यो । बेल्जियम कै सबैभन्दा सुन्दरीको रुपमा उनले मिस बेल्जियम २००८ को उपाधि हात पारिन् । तर त्यही कार्यक्रम कै क्रममा उनले दर्शकहरुको चर्को आलोचना खेप्नु पर्‍यो । भाषा कै विद्यार्थी एलिजी फ्रेञ्च र चेक भाषा धाराप्रवाह बोल्न सक्छिन् । तर डच भाषामा सोधिएको एउटा प्रश्नको जवाफ भने उनले दिन सकिनन् । यही कारण डच भाषाप्रेमी दर्शकहरु असन्तुष्ट भए ।
कार्यक्रम सञ्चालिका आन भान एल्सेनले प्रश्नलाई फ्रेञ्चमा अनुवाद गरी बुझाइन् । तर दर्शकहरुले होहल्ला गरेर उनलाई बोल्नै दिएनन् ।तर यसले निर्णायकहरुको निर्णयमा भने कुनै असर परेन । अन्ततः उनैले उपाधि जितिन् ।
यद्यपि भाषा कै कारण तनाव भोगिरहेको र टुक्रने स्थितिमा पुगिसकेको बेल्जियमको समस्यालाई भने यो घटनाले झनै स्पष्ट पारेको छ ।फ्रेञ्च भाषी र डच भाषी समुदाय कै मतभिन्नताका कारण निर्वाचन भएको छ महिना बितिसक्दा पनि त्यहाँ नयाँ सरकार बन्न सकेको छैन र १७७ वर्ष पुरानो यो देश टुक्रने संभावना देखिएको छ ।


एक थिइन् ब्रिटनी स्पियर्स जो १६ वर्षको हुँदा पनि म कुमारी नै छु भनेर समाचारमा छाउँथिन्। अनि एक छिन् जेमी लीन स्पियर्स, ब्रिटनीकी बहिनी, जो १६ वर्ष कै उमेरमा गर्भवती भएको समाचार विश्व भर छाएको छ। अमेरिकी म्यागेजिन अ‍ोकेमा छापिएको ६ पेज लामो अन्तर्वार्तामा उनले यो कुराको खुलासा गरेकी हुन्। उनले आफ्नै दिदीलाई भने यो कुरा


लुकाएकी रहिछिन्।
ब्रिटनी यो कुरा थाहा पाएर निकै क्रुद्ध भएको बुझिएको छ।
जेमी लिनको बच्चाको पिता भने १९ वर्षका केसी एल्ड्रिज रहेको उनले बताएकी छिन्। तर उनीहरु दुईको सम्बन्ध भने टुटिसकेको हल्ला पनि सुनिएको छ।












No comments:

Post a Comment