scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 2, 2007

प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर छैनन्


चन्द्रेश्वर- यहाँस्थित प्राथामिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्थानीय बासीन्दाले सेवा पाउन सकेका छैनन् ।
स्वास्थ्य केन्द्रमा एक चिकित्सक सहति १३ जनाको दरबन्दी भएता पनि यतिबेला एक अनमी र एक जना प्रयोगशाला सहायक गरी दर्ुइ जनाले मात्र सकि नसकी विरामीहरुको उपचार गरिरहेका छन् । प्राथामिक स्वास्थ्य केन्द्रमा २ महिनादेखि एक अनमी, एक स्टाफ नर्स र एक जना अहेवको पद खाली रहँदै आएको छ । केन्द्रमा भएका कर्मचारीहरु समेत घर विदा र तालिममा जाने गर्दा एकजनाले मात्र विरामीहरुलाई सेवा दिनर्ुपर्ने बाध्यता रहेको त्यँहाका कर्मचारी बताउँछन् ।
प्राथामिक स्वास्थ्य केन्द्रमा १ जना एमवीवीएस डाक्टर रहने प्रावधान छ । लामो समयसम्म डाक्टर विहीन हुँदै आएको सो प्राथामिक स्वास्थ्य केन्द्रमा हाल कार्यरत डा. विभूषण न्यौपाने महिनाको १०-१५ दिन स्वास्थ्य केन्द्रमा रहने र बाँकी समय काठमाडौंमा बस्ने गरेका स्थानीय बासीन्दाले दुखेसो पोखे ।
स्वास्थ्य केन्द्रमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मी नहुँदा आफू एक्लैले स्वास्थ्य सेवा दिनुपरेको त्यहाँ कार्यरत अनमी दर्ुगादेवी घिमिरेले दुखेसो पोखिन् । सोर्स फोर्स भएकाहरु भत्ताका लागि तालिममा जाने गरेका तर आफू कहिल्यै तालिममा नखटाइएको उनको गुनासो छ ।
चन्द्रेश्वर, धुसेनी, नेटा, दुराडाँडा, पुरानकोट लगायतका गाविसबाट दैनिक २५/३० जना विरामी उक्त स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा चाहिदा स्वास्थ्यकर्मी त छैनन् नै आएका विरामीहरुलाई दिन औषधिको समेत अभाव हुँदा समस्या छ । सुत्केरी गराउँदा प्याड लगायतका सामाग्रीको स्वास्थ्य केन्द्रमा अभाव भएकाले समस्या आउने गरेको स्वस्थ्यकर्मीको भनाई छ ।
ग्रामीण क्षेत्रका बासीन्दालाई र्सवसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले सरकारले प्रत्येक गाविसहरुमा स्वास्थ्य केन्द्रको व्यवस्था गरेको छ । तर ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा र्सवसाधारणहरु मर्कामा पर्दै आएका छन् । र्सवसाधारणका लागि भनेर स्थापना गरिएका स्वस्थ्य केन्द्रमा उनैको सेवामा बस्नेहरुको अभाव हुने भएपछि ति संस्थाको औचित्यबारे अब गम्भीर बहस हुनुपर्ने बेला भएको छ ।

No comments:

Post a Comment