बेसीशहर- गाउँमा पहिलो पटक मोटर पुगेपछि बन्सार गाविसका बासीन्दाले अविरजात्रा गरी खुशीयाली मनाएका छन् ।
फलियासाँघुस्थित मध्यमर्स्याङदी जलविद्युत परियोजनाको बाँधक्षेत्रमा निर्मित अस्थायी पुलबाट तीनवटा जीप तारेर चिती तिलाहार हुँदै हिलेबजार पुर्याइएका ती जीप गत सोमबार बन्सारको हिलेबजार पुगेपछि स्थानीय बासीन्दाले परम्परा अनुसार जीप चालक र यात्रुलाई अविरजात्राका साथ सत्कार गर्दै खुशीयाली मनाएका थिए ।
मध्यमर्स्याङदी जलविद्युत परियोजना अर्न्तर्गतको छर छिमेक कार्यक्रमको सहयोगमा निर्माण गरिएको सडक १७ कि.मी छ । तिलाहार हुँदै बन्सारको वाटो निर्माण गर्नका लागि २१ लाख खर्च भएको दलाल फलेनी कृषि सडक निर्माण समितिले जनाएको छ । हिलेमा मोटर पुगेपछि बन्सार, फलेनी, ढोडेनी, चिती, मञ्ज्याङका हजारौं बासीन्दालाई आवत जावत गर्न र सामानहरु ढुवानी गर्न सजिलो भएको छ ।
No comments:
Post a Comment