scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, December 2, 2007

शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी


बेसीशहर- गत कार्तिक २२ गते हत्या गरिएका शोभामन्दिर प्रा.वि.का शिक्षक गोविन्द मजाकोटीका हत्यारालाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न विभिन्न शिक्षण संस्थामा आवद्ध शिक्षकहरुले माग गरेका छन् ।
शुक्रबार नेपाल शिक्षक युनियनले बेसीशहरमा आयोजना गरेको शोक सभामा शिक्षकहरुले सदरमुकाममा पर््रदर्शन गर्दै हत्याराको खोजि गर्न प्रहरी प्रशासनले तदारुकता नदेखाएको भन्दै विरोध जनाए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठले मजाकोटीका हत्याराको अविलम्ब खोजी गर्न आफ्नो पार्टर्ीीबैसंग हातेमालो गर्न तयार रहेको जनाउँदै हत्यामा आफ्ना पार्टर्ीी कार्यकर्ता र पार्टर्ीीई मुछेर बदनाम गर्न खोजिएको बताए ।
नेकपा एमालेका सचिव मायानाथ अधिकारीले संक्रमणकालको फाइदा उठाएर विगतमा जस्तै हत्याको श्रृंखला नरोकिएको बताउँदै शान्ति सुरक्षाको ग्यारेण्टी गर्न सरकारसंग माग गरे । मृतक मजाकोटीकी श्रीमती बसुन्धराले आफ्ना पतिका हत्यारा पक्राउ नपरेकामा गुनासो गर्दै हालसम्म विभिन्न क्षेत्रबाट भएका पहलको सरहाना गरिन् ।
कार्यक्रममा शिक्षकहरुले मजाकोटीको हत्यारालाई कानुनको दायरामा नल्याएमा जिल्लाभरका शिक्षकहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए ।कर्याक्रम शिक्षक युनियन लमजुङका अध्यक्ष ध्रुवबहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment