बेसीशहर- संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादीले आ-आफ्ना हठ नत्याग्ने हो भने २०६५ सालमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विहीबार बेसीशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले माओवादीले गणतन्त्र स्थापना गर्न र २२ बुँदै माग लागू गर्न सरकारलाई दवाव दिनुको मुख्य कारण संविधानसभाको निर्वाचन नचाहेर हो भन्दै माओवादीले हलो अड्काएर गोरु पड्काउने काम गरेको आरोप लगाए ।
संविधान सभको चुनाव हुन नसक्नुमा माओवादी मुख्य दोषी रहेको उनले सो अवसरमा बताए । मन्त्री गुरुङले कांग्रेस र माओवादीका हठका कारण शान्ति प्रकृया समेत व्रि्रँदै गएको धारणा राखे । चुनाव हार्ने मानसिकताका कारण कांग्रेस समानुपातिक र माओवादी मिश्रति निर्वाचन प्रणालीमा जान नचाहेका उनको दावी थियो ।
उनले लमजुङको पर्यटन विकासका लागि सरकारले ध्यान केन्द्रित गरेको र सितलेस्वाँरामा हवाइमैदान निर्माणका लागि बजेट छुट्याउन लागिएको बताए । उनले लमजुङ हिमाल, मनासुलु लगायतका हिमाल आरोहणका लागि खुल्ला गरेर त्यहाँ जाने पदयात्रा मार्गको निर्माण गर्नुपर्नेमा जोड दिए उनले अन्नपर्ूण्ा पदयात्रा मार्गको विकल्प खोज्नपर्ने आवश्यकता पनि औंल्याए ।
े
No comments:
Post a Comment