बेसीशहर- हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले पर्यटनमुखी साहित्यको अवधारणा अघि सार्दै जिल्लाका विभिन्न भागमा पर्यटन साहित्य यात्रा गर्ने भएको छ ।
जिल्लाको कला, साहित्य र लोकसंस्कृतिको संरक्षण सर्म्बर्द्धन र विस्तारका लागि स्थापना भै सोही क्षेत्रमा क्रियाशीलता बढाएको प्रतिष्ठानले लमजुङमा पर्यटन साहित्यको अवधारणा, यसले गर्न सक्ने दूरगामी महत्व र सम्भावित उपलब्धीबारे एक अवधारणा समेत तयार पारिसकेको प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताए ।
अवधारणा अनुसार सृजनशील साहित्यकर्मीहरुले जिल्ला भित्रका विभिन्न पर्यटकीय महत्व बोकेका क्षेत्रमा पुगी त्यहाँको वस्तुस्थिति, रहनसहन, कला र संस्कृतिको अध्ययन, प्राकृतिक सौर्न्दर्यको बयान गरी साहित्यिक रचना गर्नेछन् । ती रचनाहरुलाई विभिन्न पत्रपत्रिका, पुस्तक मार्फ प्रकासमा ल्याई जिल्लाको पर्यटकीय विकासमा मद्दत पुर्याउने लक्ष्य राखिएको छ ।
लमजुङको कला, संस्कृत्रि्रति पर्यटकहरुको चासो अभिवृद्धि गर्ने लक्ष्य छ । जिल्लाका घलेगाउँ, घनपोखरा, गिलुङ, दूधपोखरी, इलमपोखरी, राइनासकोट, गौंडाकोट,, पुरानकोट, बाह्रपोखरी, करापुटार, सिउरुङ लगायत अन्य विभिन्न पर्यटकीय महत्वका स्थानमा साहित्यिक कार्यक्रमहरु गरिने छ । जिल्लाभित्रका र जिल्लाबाहिरका साहित्यकर्मीहरुको जमघट गर्राई त्यहाँको वस्तुस्थितिको बारेमा साहित्य सिर्जना गरिने कार्यक्रम प्रस्तावमा छ ।
अध्यक्ष घिमिरेका अनुसार आगामी पुस १५ देखि पर्यटन साहित्य यात्रा शुरु भई १ बर्षम्म जारी रहनेछ । कार्यक्रमका लागि ५ लाख ९२ हजार ५ सयको अनुमानित खर्च प्रस्ताव गरिएको छ ।
No comments:
Post a Comment