बेसीशहर- जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघको संयुक्त आयोजनामा शुक्रबारबाट बेसीशहरमा जिल्लास्तरीय अन्तर गा.विस. भलिवल प्रतियोगिता शुरु भएको छ ।
'भिजन २०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद' नाराका साथ शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न गरी २० गाविसले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको आइतबार सम्पन्न खेलमा बलियो दाबेदार मानिएको बेसीशहर गाविसलाई ३-१ ले हराउँदै रम्घा गाउँ विकास समिति प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगितामा बेसीशहर गाविस द्वितीय, तार्कुघाट गाउँ विकास समिति तृतीय र प्यारजुङ गाउँ विकास समितिले सान्त्वना स्थान हात पारे ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु. १५ हजार, कप, स्वर्ण्र्ााक र प्रमाण पत्र दिइएको थियो भने द्वितीय हुने टीमलाई नगद १० हजार, रजत पदक र प्रमाण पत्र दिइएको थियो । त्यस्तै तृतीय हुने टीमलाई नगद ५ हजार, कास्य पदक र प्रमाण पत्र तथा सान्त्वना स्थान पाउने टीमलाई नगद २ हजार र प्रमाण पत्र दिइएको थियो ।
े
No comments:
Post a Comment