
धन कमाउन भनेर विदेशिएको एक युवा धनको सट्टा प्राणघातक एड्स रोग बोकेर घर र्फकदाँ घर परिवारमा कत्रो बज्रपात पर्यो होला - ऊप्रति घर, परिवार र समाजको कस्तो धारणा कस्तो होला - अनुमान मात्रै गर्दा यो कम्ति कारुणीक छैन ।
हो यहि करुणाले भरिएको सडक नाटक शनिबार बेसीशहरको पुरानो बैंक चोक तथा शेरामा र भोटेओडार बगैंचामा प्रस्तुत भयो । २० औं विश्व एड्स दिवसका अवसरमा रोट्र्याक्ट क्लव लमजुङको आयोजना र जिल्ला एड्स समन्वय समिति र रेस्क्यू नेपालको सहयोगमा सञ्चालित सडक नाटकमा क्लवका सदस्यहरु तथा अन्य कलाकारहरुले एचाआइभी एड्स सम्बन्धी नाटक मञ्चन गर्दा दर्शकहरुले मन थाम्नै सकेनन् ।
असुरक्षित यौन सर्म्पर्क, धेरैजनासंग यौन सर्म्पर्क, लागू पदार्थको दर्ुर्व्यसन, अङ्ग प्रत्यारोपण, रगत लिँदा र दिँदा प्राणघातक एड्स रोग र्सर्ने कुरा नाटकको माध्यमले विद्यार्थीहरुले सन्देश उनीहरुले प्रस्तुत गरे । केदार बोहरा, प्रकास सिलवाल, सञ्जन गुरुङ, शान्ता गुरुङ, मिखाइल सेख, मञ्जु वि.क. कमल वि.क. लगायतका कलाकारको जीवन्त अभिनयले दर्शकहरुको मन छोयो ।
सबैले नेतृत्व लिउँ एड्स रोक्ने प्रतिवद्धता पूरा गरौं भन्ने नाराका साथ विश्व एड्स दिवस एड्स दिवस का अवसरमा बेसीशहरको मनाङ्गे चौतारा र शेराचोकमा सडक नाटक मञ्चन गरिएको थियो ।
जिल्ला एड्स समन्वय समितिको कार्यक्रम अनुसार रोट्र्याक्ट क्लव लमजुङको आयोजनामा शनिबार बेसीशहरमा एक जनचेतना र्यालीको आयोजना गरियो । एड्ससंग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर सहितको बृहत र्याली बेसीशहर बजार परिक्रमा गरी जिल्ला सभागृहमा पुगी सभामा परिणत भयो ।
सो अबसरमा बोल्दै नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठ, नेकपा एमाले लमजुङका सचिव मायानाथ अधिकारी, नेकपा माओवादीका आर पी लगायतले एड्स रोग वर्तमान विश्वका लागि चुनौति भएको बताउँदै यसको न्यूनिकरणका लागि सामूहिक प्रयासको खाँचो औंल्याएका थिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख जीवनकुमार मल्लले लमजुङमा मात्र एचआइभी संक्रमितहरुकोे संख्या १ सयको हाराहारीमा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । सो अवसरमा उनले विश्वमा ४ करोड मानिस एड्सको संक्रमणमा परेका र नेपालमा मात्र ७० हजार व्यक्तिमा एड्स देखा परेका बताए ।
No comments:
Post a Comment