
बेसीशहर- त्रिवेणी युवा क्लव बेसीशहरको आयोजनामा पुस १२ गतेदेखि सञ्चालन भएको १५ औं त्रिवेणी कप फुटवल प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।
जिल्ला भित्र र बाहिरका गरी कूल २२ टीमले भाग लिएका टीमको फाइनल प्रतियोगितामा जनविकास उच्च मा.वि.लाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दर्ै आयोजक त्रिवेणी युवा क्लव -सेतो) ले प्रतियोगिताको उपाधी जितेको छ । त्यसै गरी त्रिवेणी युवा क्लव नीलोलाई हराउँदै मुनलाइट युवा तृतीयस्थान हात पारेको थियो ।
प्रथम हुने टीमलाई नगद ३० हजार, त्रिवेणी कप, पदक र प्रमाण पत्र, द्वितीय हुने टीमलाई नगद २० हजार, पदक र प्रमाण पत्र, तृतीय हुने टीमलाई नगद १० हजार, पदक र प्रमाण पत्र, सान्त्वना स्थान पाउने टीमलाई नगद ५ हजार र प्रमाण पत्र दिइएको थियो । प्रतियोगितामा र्सवाधिक गोल गर्ने राजकुमार गुरुङर अनुशासित टीम गोरक्ष युवा क्लव फलिया साँघु घोषित भएका थिए।
No comments:
Post a Comment