scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, January 13, 2008

मोटरेवल पुलमा चितेलीको विवाद

मोटरेवल पुलमा चितेलीको विवाद

चिती- परिवर्तन र विकास स्वयंसिद्ध छ, यसलाई कसैले रोक्न सक्दैन । जो कोहीले चाहे वा नचाहे पनि समयको क्रमसंगै विकास र परिवर्तन भइहाल्छ । भलै त्यसमा कसैले भाँजो हाल्यो भने क्षणिकलाई अल्मलिएला तर शाश्वत पक्षचाहिँ यो हो कि विकास निरन्तर चलिरहन्छ, भइरहन्छ ।
पृष्ठभूमिको अभिव्यक्ति कुनै दार्शनीक अभिव्यक्ति होइन, चितेलीलले सधैं भोग्दै र ब्यहोर्दै आएको विकाससम्बन्धी नियतिको दस्तावेज हो ।
पछिल्लो विकास निर्माणको कुरा गर्दा निर्माणाधीन रिठ्ठेवगर-बस्नेतगाउँ मोटरबाटो प्राथामिकतामा आएको छ । जुन बाटोले अनेक अड्चन, जालझेल, आग्रह-पर्ूवाग्रह र प्रतिशोध खेप्दै स्रतबृद्धिको चरणसम्म आइपुगेको छ ।
करीब १ करोडको लागतमा कंकाली कन्स्ट्रक्सनले जिम्मा लिएको यो मोटरबाटोलाई सदाबहार मोटर चल्ने बनाउन ३ करोड भन्दा बढी लाग्ने समितिको प्राविधिक कन्सल्ट्याण्ट रेकले बताएको छ । मध्यमर्स्याङदी जलविद्युत परियोजनाको छरछिमेक कार्यक्रम र स्थानीय जनश्रमदानबाट निर्माणाधीन यो मोटरबाटोको हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ, हिउँदमा मात्र गाडी चल्नका लागि ।
बाटो निर्माणको काम ठेकेदारको कारण कछुवा गतिमा एकातिर छ भने अर्कोतिर आर्थिक तथा बाटोको गुणस्तरमा अनियमितता भएको भन्ने केही ब्यक्तिको आरोप छ । त्यसो त समितिले स्थानीय जनता, नागरिक समाज, प्राविधिक पक्ष, ठेकेदारका रोहबरमा गत बर्षएक पटक नागरिक सुनुवाइ गरेर हिसाव र कामको विवरण सुनाएको थियो ।
बाटोको निम्न गुाणस्तर र आर्थिक अनियमितताको आरोप नागरिक समाजले लगाइरहेकै बेला मध्यमर्स्याङदी परियोजनाले निर्माण गरिदिन लागेको रिठ्ठेवगरको मोटरेवल पुलमा अर्को विवाद निम्तिएको छ । र त्यसैका कारण निर्माणको संघारमा पुगेको पुल रोकिएको छ ।
पाउँदी-भोटेओडार पुल विवादको राग सेलाउन नपाउँदै शुरु भएको यो पुलको विवादले र्सवसाधारण चितेली दिक्क भएका छन् । पुल रोक्ने कार्कीडाँडा पक्ष आफूहरुले पुल नरोकेको र खाली फलियासाँघुको ऐतिहासिकतालाई बचाउन सोही ठाउँमा पुलको माग गरेको दावी गर्छन् ।
उता समितिका अध्यक्ष हृदयनिधि तिवारी भने निर्माणाधीन पुल रोक्ने काम पर्ूर्वी लमजुङका जनतालाई विकासबाट बञ्चित र राजनीतिक रुपमा समितिलाई असफल गराउनका लागि भएको बताउँछन् । यदि पुल रोकिने नै भयो भने सारा चितेली, हिलेटक्सार, फलेनी तथा बन्सारलगायतका सम्बद्ध जनता त्यसको विरोधमा उत्रने समितिका पदाधिकारीहरु बताउँछन् । बल्ल बल्ल बन्न लागेको पुलको यो हविगतले निर्मित सडकमा कर्ल्भर्ट र हृविमपाइपको काम हुन नसक्दा ठूलै रकम सकिँदा पनि बाटोको स्तर चित्त बुझदो देखिएको छैन ।

No comments:

Post a Comment