
बेसीशहर- नेपाली कांग्रेसका कार्यबहाक सभापति शुशिल कोईरालाले नेपाली कांग्रेस र प्रजातन्त्रप्रति आस्था राख्नेलाई निराश नभइ शीर ठाडो पारेर संविधानसभाको चुनावमा लाग्न आग्रह गरेका छन् ।
३२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गत सोमबार बेसीशहरमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै कोइरालाले एमाले र माओवादी जनता र प्रजातन्त्रबाट अलग्गिएका भन्दै उनीहरुको संगतमा नलाग्न कार्यकर्तालाई आग्रहसमेत गरे । कार्यबहाक सभापति कोइरालाले कम्युनिष्टहरु जहिले पनि प्रजातन्त्रको खिलाफमा हुने सो अबसरमा दावी गरे । विगतमा राजाले काँग्रेस सिध्याउन कसरत गरेको भन्दैै कोइरालाले अहिले पुन बामपन्थीहरु कांग्रससलाई सिध्याउन प्रयासरत रहेको दावी गरे । आफैलाई सिध्याउन खोज्नेलाई काखी नच्याप्न उनले कार्यकर्तासंग आग्रह पनि गरे । 'हिजो काँग्रेसलाई राजावादी भन्नेहरु आज राजावादीलाई राष्ट्रवादी भन्दै सहकार्य गर्न आतुर छन्'- कोइरालाले भने । माओवादीका क्रियाकलापका कारण उनीहरुप्रति जनताको विश्वास गुम्दै गएको चर्चा गर्दै कोइरालाले माओवादीले कानुनी राज्य र कानुनी शासनको खिल्ली उडाएका तर्क गरे । माओवादी अझै अराजक क्रियाकलापमा लागिरहेको भन्दै उनले शान्ति सम्झौताको पालना गर्न माओवादीलाई आग्रह समेत गरे। विगतमा राजा विरोधी देखिए पनि माओवादी अहिले राजा बचाउने अभियानमा लागिपरेको र मंसिर ६ मा घोषित संविधानसभा चुनाव विथोल्नुले यसको पुष्टि गरेको उनको आरोप थियो । यद्यपी माओवादी पुनः सत्ता साझेदार गर्न र्फकनुलाई सकरात्मक टिप्पणी गर्न उनी चुकेनन् ।
नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर र्घर्ती,े विधायक द्वय हरिभक्त अधिकारी र रामबहादुर गुरुङ, पर्ूव सहायक मन्त्री रामचन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment