चक्रतर्ीथ- सशस्त्र द्वन्द्ध पछि पहिलो पटक गाउँमा सरकारी कार्यक्रम जाँदा पर्ूर्वी लमजुङको चक्रतर्ीथ गाउँ विकास समितिका बासिन्दामा खुशी छाएको छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङको आयोजनामा चक्रतर्ीथ गाउँ विकास समितिको वडा नं. ८ मा शुक्रबारबाट तीन दिने जिल्लास्तरीय बृहत कृषि मेला पर््रदर्शनीको आयोजना गरिएपछि सुदुर पर्ूर्वी लमजुङका बासिन्दामा खुशी छाएको हो ।
द्वन्द्धका क्रममा चक्रतर्ीथस्थित प्रहरी चौकी र कृषि तथा पशु सेवा केन्द्र विस्थापित भएपछि सरकारी सेवा त्यहँा पुगेको थिएन । गाविसको कामसमेत सदरमुकामबाट हुने गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद पोख्रेलद्वारा उद्घाटन गरिएको पर््रदर्शनीमा अन्नबाली, फलफूल, तरकारीबाली, कफि, मसलाबाली, आलु, अदुवा बेसार, पिँडालु, उखु, मौरी र माछा गरी ४ सय १५ वटा उत्पादन राखिएका छन् ।
चक्रतर्ीथ, भलायखर्क, मोहोरियाकोट, तार्कुघाट, बाँझाखेत, बेसीशहर, चिती, चण्डीस्थान, तार्कु, धमिलीकुवा, सुन्दरबजार, गाउँशहर गाविसका ३ सय किसानले पर््रदर्शनीमा भाग लिएका छन् ।
पर््रदर्शनीमा जिल्ला पशुसेवा कार्यालय, घरेलु विकास समिति, वर्ल्ड भिजन, फिडापा, सिड नेपाल, चेस नेपाल, राष्ट्रिय गोवरग्याँस कम्पनी तथा धमिलीकुवा, चक्रतर्ीथ गा.वि.स. र स्थानीय सनराइज युवा क्लवले सहयोग गरेका छन् ।
पर््रदर्शनीमा उन्नत जातका विउविजन, विषादी, स्पेयर, अर्गानीक कफि, जडिबुटीजन्य मल, र औषधि हरुको प्रचार र विक्री समेत गरिएको छ ।
चक्रतर्ीथस्थित कृषि सेवाकेन्द्रमा आयोजित कृषि मेला पर््रदर्शनी अवलोकन गर्न मानिसहरुको भीड लागेको छ । सोही अवसरमा स्थानीय सनराइज युवा क्लवले कृषिसंग सम्बन्धित लोकगीत, भजन तथा अन्य प्रतियोगितात्मक कार्यक्रमहरु पनि आयोजना गरेको छ । पर््रदर्शनीको कार्यक्रमबाट स्थानीय जनतालाई लाभ भएको उनीहरुले प्रतिक्रिया दिए ।
No comments:
Post a Comment