scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, January 8, 2008

कांग्रेस बामपन्थीहरुको पुच्छर भएको आरोप


बेसीशहर- नेपाली कांग्रेसका नेता तथा पर्ूव मन्त्री गोविन्दराज जोशीले काँग्रेस बामपन्थी पार्टर्ीीको पुच्छर भएको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघको पश्चिमाञ्चल भेलामा बोल्दै जोशीले कांग्रेस आफ्नो निर्ण्र्ााा नचल्दा अन्य पार्टर्ीीेशमा हावी भएको विचार राखे । शान्ति सुरक्षाको स्थिति दिनानुदिन खस्कदोँ भएको भन्दै उनले यस्तो अवस्थामा संविधानसभाको चुनाव कसरी हुन्छ भनि प्रश्न गरे । उनले माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कुराको विराध गरे ।
शिक्षकहरुका माग संविधानसभाको निर्वाचन पछि पुरा हुने आश्वासन दिँदै जोशीले शिक्षकहरुलाई संविधानसभाको निर्वाचन सफल पार्ने दायित्व निभाउन आग्रह गरे ।
पर्ूव शिक्षा राज्यमन्त्री एनपी सावदले कांग्रेसले दरबार र बामपन्थीहरुको बैशाखी नटेकी आफ्नै निर्ण्र्ााा चल्नुपर्ने विचार राखे । उनले माओवादीका कारण चैतमा पनि संविधानसभाको चुनाव हुन नसक्ने बताउँदै मार्क्सको वर्ग संर्घष्ाको उठान गर्दै नेपालका बामपन्थीहरुले देशमा साम्प्रादायिक सद्भाव खल्वलाएको टिप्पणी गरे ।
नेपाल शिक्षक यूनियनका अध्यक्ष केशव भट्टराइले नयाँ नेपालको परिकल्पना साकार पार्न शिक्षा क्षेत्रमा अमुल परिवर्तनको खाँचो औंल्याए ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले चैत्रमा पनि संविधानसभाको निर्वाचन भएन भने ७ दललाई सरकारमा बस्ने कुनै अधिकार नभएको बताए । उनले भने- 'माओवादी नेता बाबुराम भट्टराइले हार्ने चुनावमा हामी सहभागी हुँदैनौं भनेका छन्, यदि साँच्चै चैत्रमा चुनाव भयो भने माओवादीले १ सिट पनि ल्याउँदैन, लेखेर राख्नोस् ।'
नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष विष्णुहरि वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सांसदहरु हरिभक्त अधिकारी, रामबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठ, एमाले जिल्ला कमिटिका सदस्य धनञ्जय दवाडी, प्रजिअ दर्ुगा प्रसाद पोखरेल लगायत विभिन्न शिक्षकहरुले मन्तब्य भेलामा शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विभिन्न शिक्षकहरुलाई दोसल्ला ओढाइ अभिनन्दन गरिएको थियो ।
शिक्षकहरुको सम्मान

यसैबीच नेपाल शिक्षक संघले विभिन्न पक्षबाट हत्या गरिएका शिक्षकहरुलाई मरणोपरान्त सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा मुक्तिनाथ अधिकारी, खुशीराम न्यौपाने र गोविन्दबहादुर मजाकोटी छन् । अधिकारी र न्यौपाने जनयुद्धका क्रममा माओवादीद्वारा मारिएका थिए भने मजाकोटी गत कार्तिकमा अज्ञात समूहद्वारा मारिएका हुन् । संघलाई सहयोग गर्ने ९ अन्य शिक्षकलाई पनि संघले कदर पत्रले सम्मान गरेको छ ।

No comments:

Post a Comment