बेसीशहर- कृषि जडिबुटी, पर्यटन र विद्युतको विकास र विस्तार गर्न सके लमजुङको समग्र विकास गर्न सकिने धारणा बेसीशहरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले राखेका छन् ।
लमजुङ उद्योग बाणिज्य संघको ३२ औं बाषिर्कोत्सवका अवसरमा लमजुङ उद्योग बाणिज्य संघले बिहीबारबेसीशहरमा आयोजना गरेको उद्योग बाणिज्यको विकासमा राजनीतिक दल, नीजि क्षेत्र र वित्तीय संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
वक्ताहरुले लमजुङमा कृषि, पर्यटन, जडिबुटी र जलश्रोतको अपार सम्भावना रहे पनि तिनको समुचित प्रयोग हुन नसकेका कारण लमजुङ जिल्ला पछि परेको धारणा राखेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले स्याँगे जलविद्युत, खुदी जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजना हुँदा हुँदै पनि जिल्लाका आधाभन्दा बढी गाउँ विकास समितिहरु विजुलीको उज्यालोबाट बञ्चित रहेकामा चिन्ता जनाएका थिए । उनीहरुले लमजुङमा मध्य मर्स्याङदी परियोजना निर्माणाधीन रहेको र ङादी तथा उपल्लो मर्स्याङदी निर्माणको संघारमा रहेका र दर्ुइ जलविद्युत परियोजना बाट उत्पादन शुरु भैसकेको अवस्थामा पनि जिल्लामा दैनिक घण्टौ लोडसेडिङ हुने गरेकोमा चिन्ता प्रकट गरेका थिए । उनीहरुले आइन्दा जिल्लामा निर्माण हुने जलविद्युत आयोजना बाट उत्पादन हुने विजुली जिल्लामा नै खपत गर्नुपर्ने र बाँकी जिल्ला बाहिर पठाउन जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद पोखरेल, नेकपा माओवादीका इञ्चार्ज देवेन्द्र पराजुली, नेपाली कांग्रेसका गणेश न्यौपाने, नेकपा एमालेका धनञ्जय दवाडी, राष्ट्रिय बाणिज्य बैंकका प्रवन्धक आश्विन अधिकारी, नेपाल बैंक लिमिटेडका प्रवन्धक र्सर्ूयकुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रवन्धक हरिश्चन्द्र, घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत यादवप्रसाद शर्मा, संघका संस्थापक अध्यक्ष तिलक बहादुर पौडेल, निवर्तमान अध्यक्ष धर्मराज श्रेष्ठ, कार्यबहाक अध्यक्ष रामबाबु श्रेष्ठलगायतका वक्ताहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वित्तिय संस्थाका प्रमुख तथा सम्बन्धित निकायका प्रतिनिधिले जिल्लाको उद्योग र बाणिज्यको विकासका लागि आफू र आफ्नो संस्थाको तर्फाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका थिए ।
No comments:
Post a Comment