बेसीशहर- जिल्लास्थित विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुकाबीच भएको मैत्रीपर्ूण्ा शिक्षक भलिवल प्रतियोगिता आज सकिएको छ ।
जनविकास उच्च माध्यामिक विद्यालयको आयेाजना, जिल्ला शिक्षा कार्यालय र नेपाल शिक्षक युनियनको सहयोगमा बिहीबारबाट विद्यालयस्तरीय प्रतियोगिता आयोजना भएको हो ।
जिल्लास्थित विद्यालयका शिक्षकहरुमा भलिवल खेलको विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा कूल २४ वटा विद्यालयले भाग लिए ।
प्रतियोगितामा संस्कृति सदन मावि प्रथम, जटेश्वर निमावि द्वितीय, चन्द्रोदय मावि बाहुनडाँडा तृतीय भए ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५ हजार, पदक र प्रमाण पत्र, द्वितीय हुने टीमलाई नगद ३ हजार, पदक र प्रमाण पत्र तथा तृतीय हुने टीमलाई नगद २ हजार, पदक र प्रमाण पत्र दिइएको थियो ।
No comments:
Post a Comment