scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, January 13, 2008

अकवरे खर्ुसानीको व्यवसायिक खेती

बेसीशहर-साना तथा गरीब किसानको जीवनस्तर उकास्न लमजुङमा अकबरे खर्ुसानीको ब्यवसायिक खेती शुरु गरिएको छ ।
गरीबि निवारणका लागि एकीकृत जडिबुटी तथा कृषि विकास समूह लमजुङले बाँझाखेत गाविसस्थित आफ्नै नर्सरीमा करी २ लाख अकवरे खर्ुसानीको बर्ेना तयार गरी २० वटा कृषक समूहलाई त्यससम्बन्धी तालिम समेत दिइसकेको छ । संस्थाका अध्यक्ष रमेश घलेका अनुसार लमजुङमा अकवरे खर्ुसानीको निम्ती सुहाउँदो माटो र हावापानी भएकाले खर्ुसानीको व्यवसायिक खेती थालिएको हो । यो बर्ष२ सय जना किसानलाई अकवरे खर्ुसानीको बर्ेना वितरण गरिने उनले बताए ।
नेपालबाट बाषिर्क २ करोडको अकबरे खर्ुसानी निर्यात हुन्छ र यसको मूल्य प्रति के.जी.डेढ सय देखि २ सय रुपैयाँ सम्म छ । औषधीको रुपमा यो खर्ुसानीको प्रयोग हुने गरेको छ ।

No comments:

Post a Comment