
बेसीशहर- समाजसेवी चिजकुमार पियाको ५७ बर्षो उमेरमा शुक्रबार निधन भएको छ । मृगौला रोगबाट पीडित पिया विगत केही समयदेखि राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंमा उपचाररत थिए ।
२०३५ सालबाट लउबा संघको कार्यसमितिमा रही चेम्बर आन्दोलनमा सक्रिय पिया दर्ुइ कार्यकालसम्म संघको अध्यक्ष भएका थिए । जन
विकास उच्चमाविको अध्यक्ष, लक्ष्मीनारायण पुस्तकालयको अध्यक्ष, लमजुङ अस्पताल विकास समितिका कोषाध्यक्ष, द्वन्द्धपीडित असाहय बालबालिका संरक्षण केन्द्रका कोषाध्यक्षको जिम्मेवारी निभाइ सकेका पिया बेसीशहरस्थित लमजुङ बचत तथा ऋण सहकारी संस्था लि. र विद्या विकास उच्च मा.वि.का व्यवस्थापन समितिका अध्यक्षको रुपमा कार्यरत थिए ।पियाको निधनमा जिल्लाका विभिन्न संघ संस्थाले गहिरो दुःख प्रकट गरेका छन् । स्वर्गीय पियाका दर्ुइ श्रीमती, दर्ुइ छोरा र दर्ुइ छोरी छन् ।
No comments:
Post a Comment