scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, January 8, 2008

द्वन्द्धकालमा भत्केका भत्किएका भौतिक संरचनाहरुको पुननिर्माण कहिले -

सशस्त्र द्वन्द्धका क्रममा भत्किएका भौतिक संरचनाहरुको पुननिर्माण नहुँदा लमजुङको भोर्लेटार बजार विगत ६ बर्षेखि कुरुप भइरहेको छ ।
माओवादीले ०५८ साल असोजमा भोर्लेटारस्थित इलाका प्रहरी कार्यालय, इलाका रेञ्ज पोष्ट र संगै रहेको गाउँ विकास समितिको भवन ध्वस्त बनाएका थिए । ध्वस्त भएको ६ बर्षपछि पनि पनि यी भग्नावशेषहरुको पुन निर्माणमा कसैको चासो नहुँदा यी खण्डहरले अझै भोर्लेटारबासीलाई तर्सर्ाारहेका छन् ।
द्वन्द्धका क्रममा भत्किएका संरचनाको पुननिर्माण गर्नुपर्ने दायित्व बोकेको शान्ति तथा पुननिर्माण मन्त्रालय यी कुराबाट बेखवर छ । विभागीय मन्त्रीलाई पनि अरु नै कुरामा व्यस्त देखिन्छन् । हिजो सशस्त्र यद्ध गरेको नेकपा माओवादी अहिले संसद र सरकारमा पुगेको छ । तर माओवादीले पनि यिनका पुननिर्माणमा चासो नदिएको स्थानीयबासीको भनाई छ । स्थानीय ब्यापारी प्रेमलाल श्रेष्ठ भन्छन्- यो
अहिले पनि भोर्लेटार बासीहरु रातको बेला यी खण्डहर तिर जानबाट डराउँछन् । विगतको विभत्स घटना उनीहरुको सामु ताजा हुन्छ । यो उही प्रहरी चौकी हो जहाँ ६ बर्षअघि ८ जना प्रहरीले ज्यान गुमाएका थिए । फेरि हर्ेर्दै तर्सर्ााा जस्तो खण्डहरमा बालबालिकाहरु जान सक्ने झन कुरै भएन ।
इलाका प्रहरी कार्यालय संगै रहेको गाउँ विकास समितिको भवन आधा भत्किएको छ भने बाँकी भाग कहिले भत्किने हो ठेगान छैन । सामान्य हावा हुरी आउँदा पनि भत्कने अवस्थामा पुगेको गाउँ विकास समितिको यो भवन पुननिर्माण भए गाउँ विकास समितिको काम कारबाही यसै भवनबाट हुने स्थानीय बासीन्दा बताउँछन् । अहिले गाउँ विकास समितिको भवन नहुँदा सचिव सदरमुकाममा बस्छन् जसका कारण जनतालाई सामान्य सिफारिस लिन पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
लमजुङका ६१ मध्ये ५० भन्दा बढी गाविस भवन द्वन्द्धकालमा भत्किएका छन् ।

No comments:

Post a Comment