scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, January 8, 2008

बन्ध्याकरण शिविर सम्पन्न

बेसीशहर- सुनौलो परिवार नेपाल, मेरी स्टोप्स सेण्टर बेसीशहर तथा जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको संयुक्त आयोजनामा जिल्लाका विभिन्न भागमा परिवार नियोजन तथा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
गत पुस १४ गते इशानेश्वर गाउँ विकास समितिको करापुटार हेल्थपोष्टबाट शुरु भएको शिविर शनिबार बेसीशहरमा आइ सम्पन्न भएको थियो ।
सन्तान करले होइन रहरल जन्माऔं भन्ने नाराका साथ बन्ध्याकरण शिविरको आयोजना गरिएको थियो । इशानेश्वर, सुन्दरबजार, धमिलीकुवा, फलेनी, चक्रतर्ीथ, बन्सारदेपखि गिलुङ्ग गाउँ विकास समितिका गरी ७८ जना महिलालाई मिनील्याप र ६० जना पुरुषलाई भ्यासेक्टोमी बन्ध्याकरण गरिएको थियो ।
चिसंकु हेल्थपोष्टबाट शुरु भएको बन्ध्याकरण शिविर, रम्घा उपस्वास्थ्य चौकी, सुन्दरबजार उपस्वास्थ्य चौकी हुँदै बेसीशहरस्थित मेरी स्टोप्स सेण्टरमा शनिबार सम्पन्न भएको हो ।
बन्ध्याकरण शिविरमा मुसलमान महिलाहरुले समेत सेवा लिएका थिए । मुश्लिम समुदायमा सन्तानलाईर् इश्वरीय देन मानिएका कारण बन्ध्याकरण गर्नेहरुको संख्या अत्यन्त न्यून रहेको छ ।
तर यसपटकका शिविरहरुमा भने त्यो रर्ेकर्ड तोड्दै मुसलमानहरु पनि बन्ध्याकरण गर्न आउनु सुखद् शुरुवात भएको आयोजकहरुले बताएका छन् ।

No comments:

Post a Comment