scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 26, 2008

लमजुङमा १४ जनाको उमेदवार मनोनयन दर्ता

लमजुङमा क्रियाशील ५ वटा राजनीतिक दलहरुका उमेदवारहरुले आज प्रत्यक्ष निर्वाचन प्रणालीको लागि आ-आफ्ना उमेदवारको मनोनयन पत्र दर्ता गराएका छन् ।
सयौं कार्यकर्ता सहित ती पार्टर्ीीले जुलुस सहित आ-आफ्ना पार्टर्ीी झण्डा, चुनाव चिन्ह लिएर चुनावी नारा लगाउँदै निर्वाचन कार्यालयमा पुगी उमेदवारी दर्ता गराएका थिए ।
उमेदवारी दर्ता गराउनेहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले, जनमोर्चा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीन् । त्यस्तै दुवै निर्वाचन क्षेत्रबाट २/२ जना स्वतन्त्र उमेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् । स्
नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा तुलसी नारायण श्रेष्ठ तथा क्षेत्र नं. २ मा दीलबहादुर र्घर्तीले निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका छन् । कांग्रेसका गर्जबहादुर गुरुङ क्षेत्र नं. १ मा र धनप्रसाद गुरुङले क्षेत्र नं. २ बाट वागी उमेदवारको रुपमा मनोनयन दर्ता गरएका छन् ।
त्यस्तै नेकपा माओवादीको तर्फाट क्षेत्र नं. १ बाट बुद्धिराम गुरुङ र क्षेत्र नं. २ बाट मधु अधिकारी, नेकपा एमालेको तर्फाट क्षेत्र नं. १ मा मायानाथ अधिकारी र क्षेत्र नं २ बाट पृथ्वीसुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीट क्षेत्र नं. १ मा टेकबहादुर गुरुङ र क्षेत्र नं. २ मा भोजबहादुर भुजेलले मनोनयन दर्ता गरएका छन् । त्यस्तै जनमोर्चा नेपालबाट क्षेत्र नं. १ मा देवबहादुर गहतराज र २ मा अहमद मियाले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं. १ बाट मेखबहादुर भण्डारी र क्षेत्र नं. २ बाट मोहनहरि पौडेलले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

No comments:

Post a Comment