scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

सिम बाँडेर भोट किन्दै दलहरु


सुन्दै अचम्म लाग्ला तर अचम्म मान्नुपर्दैन । कुरा सत्य हो । तपाईलाई प्रिपेड मोबाइलको सीमकार्ड चाहिएको छ भने लमजुङका ४ दलमध्ये कांग्रेस, एमाले, माओवादी र जनमोर्चामध्ये कुनै एक पार्टर्ीीे सदस्यता लिनुहोस् र भन्नुहोस् म तपाइँको पार्टर्ीीे मान्छे भनेर । तपाइँलाई सिमकार्ड दिन ती दलले सिफारिस गरिहाल्छन् । वा भन्नुहोस् - म तपाईँ/तपाईँको पार्टर्ीीई भोट हाल्छु भनेर । तपाईँको हातमा १/२ दिनमा सिमकार्ड परिहाल्छ । किनकी यतिबेला लमजुङमा सिमकार्ड दिएर भोट किन्ने राजनीति चलिरहेको छ ।
लमजुङमा २०५८ साल माघ ६ गते उदीपुरस्थित टेलिफोनको रिपिटर टावर माओवादीले ध्वस्त पारेपछि पूरै जिल्ला सञ्चार विच्छेद भयो । खासर गरेर र्सवसाधारण, उद्योगी ब्यापारी र सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुले धेरै पीडा भोग्नुपर्‍यो । सूचना र समाचार पठाउन लमजुङका सञ्चारकर्मीहरुले पाएको हैरानी ताजै छ । टेलिफोन टावर मर्मत गर्न र टेलिफोन टावर ध्वस्त नगर्न पटक पटक माओवादीसंग आग्रह गरे लमजुङका पत्रकार र मानवअधिकारकर्मीले । पुननिर्माण गर्न दवाव दिने काममा हस्ताक्षर गरे, आन्दोलन गर्ने, अनेक खालका काम भए त्यतिबेला ।
२०६२/०६३ को जन आन्दोलन पछि टेलिफोनको टावर पुननिर्माण गर्न आवश्यक समान टेलिकमले उदीपुरसम्म ल्यायो र लामो समयसम्म थन्क्यायो । सामान आएपछि पनि किन टावर बनेन भनि प्रश्न गर्दा टेलिकमका हाकिम टावर सम्म समान लैजान नसकेर भन्ने जवाफ दिन्थे । टेलिकमको कन्तविजोग हर्ेन नसकेर बेसीशहरका युवाहरु आफैले ती सामान बोकेर टावरसम्म पुर्‍याएका थिए । केही समयपछि क्षत्रि्रस्त टावर बन्यो, अनि त्यसको १ बर्षछि मोबाइलको टावर समेत बन्यो र सूचना क्षेत्रमा केही हदसम्म लमजुङ अघि बढ्न सक्यो ।
मुलुक यतिबेला सातदलीय एकता र समझदारीमा चलेको छ । कयौं असहमति असमझदारीका बीच पनि एकता खोज्ने प्रयास भएको छ । संक्रमणकालीन अवस्थामा कयौं चुनौतिहरु छन् । जनताका कयौं अपेक्षाहरु छन् । ती अपेक्षाहरुलार्इर्र्प्राथामिकताका आधारमा वितरण गरियो भने न्यायोचित हुन्छ । तर सात दलको तानाशाही प्रवृत्ति हावी हुन थालेका छ । पछिल्लो पटक लमजुङमा सीमकार्ड वितरणमा यस्तै देखियो । यहाँका ४ दलको भागवण्डाको राजनीतिले जनतालाई के न्याय गरेको छ त - अब सोच्नुपर्ने बेला आएको छ । जिल्ला प्रशासन कार्यालयले थप सिमको आवश्यकता महशुस गरि सिमको माग गर्‍यो । प्राप्त भएको सिममा र्सवदलीय वैठकद्वारा वितरण गर्ने भनि फागुन १६ गते सहायक प्रजिअ रामकाजी खनालले वैठक बोलाए । तर उनको कार्यकक्षमा दलहरुले हानथाप गरे सिमको लागि । सिमकार्डको लागि पत्रकार, मानवअधिकारवादी, संघसंस्थाहरुले निवेदन पेश गरेका थिए । तर केही सुनुवाइ भएन निवेदनको । अझ पोहोर वैशाखदेखि लाइनमा घण्टौं बसेर सिमकार्डका लागि फारम भर्ने हजारौं र्सवसाधारणले अझै सिमकार्ड पाउन सकेका छैनन् । तर उनीहरुले कहिले पाउने हुन् कुनै ठेगान छैन । अन्ततः कांग्रेसले ७८, एमालेले ७८, माओवादीले ७८ र जनमोर्चाले ४६ र सिडिओले ५० थान गरि बाँड्ने निर्ण्र्ााभएछ । माथिबाट आएको ४ सय ३० थानमध्ये १०० थान दूरसञ्चारका प्रमुखले कता लगे खोजिको विषय कतै बनेन । दलहरुले आफ्नै कार्यकर्तालाई, सिडिओले आफ्ना कर्मचारीलाई वितरण गर्ने वैठकको निर्ण्र्ााबाहिर आयो । यो खालको मनोमानी ढंगले वितरण गर्ने प्रक्रिया अन्य जिल्लामा देख्न पाइदैन । प्रजिअ र सहायक प्रजिअले पनि त्यस्तो निर्ण्र्ााा सहिछाप गरे । हामीलाई दल भए पुग्छ भन्ने सिडिओसा'प र सहायक सिडिओसा'प ब्यवहार नहोस् पनि कसरी - मुलुक चलाउने यिनै ठूला दल । यिनले भनेको नमाने जागिरमा तलमाथि होला भन्ने डर । ठूला दलको इशारामा नाच्ने प्रशासनले अन्य र्सवसाधारण, नागरिक समाज, पत्रकार मानवअधिकारकर्मी देखेनन् । अरुलाई उपेक्षा गरेर दलको इशारामा चल्ने प्रशासनले र्सवसाधारणलाई कस्तो न्याय देला -
सिडिओ सा'पले बुझनर्ुपर्छ यो पञ्चायती व्यवस्था होइन, न त राजाको प्रत्यक्ष शासन नै हो। जहाँ दर्ुइ/चार जना पञ्च अथवा राजाका मान्छेलाई भेला गरेर निर्ण्र्ााहुने गथ्र्यो । अब त्यस्तो जमाना गयो । यो त लोकतन्त्र हो । लोकतन्त्रमा सबैको भावना समेट्न सक्नर्ुपर्छ । ४ दलका नेताज्यूहरु, नयाँ नेपाल बनाउने अभियानमा यदि साँच्चै तपाइँहरु लाग्नुभएको हो भने पञ्चायती व्यवस्थामा गरिने ब्यवहार छोडिदिनुहोस् । नयाँ विचार र न्यायोचित ब्यवहारले मात्र नयाँ नेपाल बन्न सक्छ । रातभरि आँखा झिमिक्क नगरी लाइनमा बसेर र्फम भरेको एउटा र्सवसाधारणले दलको नेतासंग मेरो सिम लिने पालो कहिले आउँछ भनि सोध्यो भने दलका नेताहरुसंग त्यसको कुनै जवाफ छ -
दल र प्रशासनले ४ सय ३० जना र्सवसाधारणको पालो मिचेको तथ्यलाई भुल्न हुँदैन । त्यसो त अघिल्लो पटक सीम वितरणमा एक ठूलो दलका नेताले नागरिक समाज देखेनन् । नागरिक समाजको कुनै आकार र रुप हुन्छ र भनि ठान्नेहरु र्सवसाधारणलाई के देख्थे - कांग्रेसका एक नेताले त पत्रकारलाई सिमकार्ड दिने कुरामा विरोध गरे । जे होस् आम चासो र सरोकारको विषयमा नागरिकहरु सचेत हुनर्ुपर्छ । एकपक्षीय दलीय भागवण्डाको अन्त्य हुनै पर्छ । भोटको मात्र राजनीति नगर्न दलहरुलाई सही ठाउँमा ल्याउन तपार्इँ हाम्रो सबैको कर्तब्य हो ।

No comments:

Post a Comment