बेसीशहर- कांग्रेस आमसभाको रौनक सेलाउन नपाउँदै एमाले लमजुङले चुनावी वातारणलाई शनिबार तताउने भएको छ ।
एमाले जिल्ला कमिटि लमजुङद्वारा आयोजना हुने चुनावी आमसभालाई नेकपा एमालेका महासचिव माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन् ।
सभालाई एमालेको चुनावी घोषणा सभा बनाउने तयारी भइरहेको एमाले लमजुङका नेता धनञ्जय दवाडीले बताए । सभालाई एमालेका जिल्ला उमेदवारहरुले पनि सम्बोधन गर्ने बताइएको छ । सो अबसरमा कलाकारहरु राजु परियार, बद्री पंगेनी, कृष्ण गुरुङ तथा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
सभामा चुनावका निम्ति एमाले घोषणा पत्र पनि र्सार्वजनिक हुने हुँदा जिल्लाको गाउँ गाउँबाट हजारौं जनता सहभागि गराउन जिल्ला कमिटिका सदस्यहरु परिचालन गरिएको बुझिएको छ ।
No comments:
Post a Comment