scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

प्रथम भुजुङ महोत्सवको तयारी



बेसीशहर- 'ग्रामीण पर्यटन गाउँ भुजुङको आकर्षा, सांस्कृतिक सम्पदा र कला संस्कृतिको संरक्षण' भन्ने मूल नाराका साथ प्रथम भुजुङ महोत्सव फागुन ३० देखि चैत्र २ गतेसम्म हुने भएको छ ।
एउटै गाउँ, एउटै गाविस भएको भुजुङमा गुरुङहरुको करिब ४ सय घरधुरी रहेको छ । स्थानीय गुरुङ कलासंस्कृतिको संरक्षण गर्न तथा महोत्सवबाट आन्तरिक तथा बाहृय पर्यटन पर््रवर्द्धन गरी भुजुङबासीको आर्थिक स्तर उकास्न महोत्सव गर्न लागिएको आयोजकहरुले बताएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक नारायणबहादुर गुरुङले प्रथम भुजुङ महोत्सवमा करिब ३० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको बताए । महोत्सवमा स्थानीय कला संस्कृति, भेषभूषा, हस्तकला, कृषि तथा जडिबुटी पर््रदर्शनी, लोपोन्मूख सती घाँटु लगायतका आकर्षा रहेका बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइयो । महोत्सवलाई नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, स्थानीय गाविस, एक्याप, भुजुङ लघु जलविद्युत आयोजना लगायतले सहयोग गर्ने बताइएको छ ।

No comments:

Post a Comment