भोटेओडार- यहाँस्थित भक्ति नमूना उच्च माध्यामिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याई उत्तर्ीण्ा हुने छात्र छात्रहरुलाई पुरस्कर प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पर्ूव प्रमुख आयुक्त र्सर्ूयनाथ उपाध्यायले आफ्ना पिता पिताम्बर र आमा उत्तराकुमारी अधिकारीको स्मृतिमा ५ लाख ३७ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका हुन् । भक्ति नमूना उमाविका संस्थापक प्रधानाध्यापकसमेत रहेका उपाध्यायको पुख्र्यौली घर सुन्दरबजार गाविसको वडा नं. २ ठाँटीचौर हो ।
अक्षय कोषबाट प्राप्त ब्याजबाट प्रत्येक बर्षउत्कृष्ट अङ्क ल्याई उत्तर्ीण्ा हुने ५ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिनेछ । जसअनुसार माध्यामिक तहका ३ र उच्च माध्यामिक तहका २ जना विद्यार्थीले छात्रबृत्ति पाउने छन् । प्रत्येक बर्षविद्यालयको बाषिर्कोत्सवका अवसरमा छात्रबृत्ति प्रदान गरिने बताइएको छ । उपाध्यायले केही दिन अगाडि आयोजित एक सामारोहबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्रि्रसाद अधिकारीलाई यक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
No comments:
Post a Comment