scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 12, 2008

सन्तान प्राप्तीका लागि रातभर ठाडो बत्ती

करापुटार- महाशिवरात्रीको पावन अवसरमा इशानेश्वर गाविसको करापुटारफाँटस्थित प्रसिद्ध इशानेश्वर मन्दिर परिसरमा भब्य मेला सम्पन्न भएको छ ।
परापर्ूवकालदेखि पूजा अर्चना हुँदै आएको इशानेश्वर महादेव मन्दिर विगतमा झैं यस बर्षपनि हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्यो । मनकोर् इच्छा पूरा गर्ने, सन्तान नहुनेलाई सन्तान दिने, छोराको चाह गर्नेलाई छोराको वर दिने धार्मिक आस्था रहेको उक्त मन्दिरमा यसबर्षकरीब ५ सय जनाले रातभर उठेर ठाडो बत्ती बाले । विगत वर्षरुमा ठाडो बत्ती बालेर इच्छा पुरा गरेकाहरु पनि महादेवलाई सन्तान देखाउन र बत्ती बाल्न आएका थिए । ठाडो बत्ती बालेर सन्तान जन्मेपछि महादेवलाई सन्तान देखाउने चलन छ । त्यस्तै रातभर जाग्राम बसेर १० औं हजार श्रद्धालुहरुले मन्दिरमा बत्ती बालेका थिए । मन्दिरमा दूध चढाउन र बत्ती बाल्न काठमाण्डौ , वाग्लुङ, कास्की , गोरखा, तनहँू चितवन, लगायत विभिन्न जिल्लाहरुबाट पनि भक्तजनहरु आएका थिए ।
धार्मिक मेलामा सामूहिक ब्रतबन्ध, ,सदाब्रत , शिवपुराण, लोकदोहोरी, साहित्यिक कार्यक्रम सामूहिक /mद्री पूजा , छेलो प्रतियोगिता भलिवल प्रतियोगिता लगायतका कायक्रमहरु त्यस अवसरमा आयोजना हुने गर्छन् ।



No comments:

Post a Comment