scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

संविधानसभामा कस्ता छन् त दलका उमेदवारहरु -




पृथ्वी सुब्बा गुरुङ
उमेदवार, संविधानसभा निर्वाचन
नेकपा एमाले
लमजुङ क्षेत्र नं. २
व्यक्तिगत विवरण
जन्मः वि.सं. २०१४/११/२
पिता-माताः- गंगाप्रसाद गुरुङ/चिनीमाया गुरुङ
जन्मस्थानः- गिलुङ गा.वि.स. ८, लमजुङ
शिक्षाः बी.एस्सी
राजनीति पृष्ठभूमिः २०३७/१०/७ मा तत्कालीन नेकपा -माले)को साधारण सदस्यता प्राप्त । ०४०-०४८ जिल्ला कमिटि सदस्य, ०४८-०५४ जिल्ला कमिटि सचिव । ०५४-०५९ नेकपा एमाल वैकल्पिक केन्द्रीय कमिटि सदस्य हुँदै ०६१ बाट हालसम्म केन्द्रीय कमिटि सदस्य । एमाले सांस्कृतिक विभाग प्रमुख -२०६१ बाट), लमजुङमा राजनीतिक कमिसारको रुपमा कार्यरत -२०४१)। तत्कालीन पञ्चायती शासन विरुद्ध आन्दोलनमा ०४२/०४३ मा ४ दिन प्रहरी हिरासत हुँदै १ बर्षजेल बसेर जेलबाटै राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा जनपक्षीय उमेदवारको रुपमा प्रस्तुत । ०४६ को जनआन्दोलनताका संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजकको रुपमा सक्रिय ।
सामाजिक क्रियाशीलताः बुद्धोदय मा.वि. गिलुङको प्र.अ. -२०३५-०४२), नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङका अध्यक्ष -२०४०-०४३), अन्य थुप्रै विकास निर्माण तथा सामाजिक संघ संस्थामा आवद्ध ।
हालको अवस्थाः वर्तमान नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री
मायानाथ अधिकारी
उमेदवार, संविधानसभा निर्वाचन
लमजुङ क्षेत्र नं. १
न.ेक.पा. एमाले
जन्मः २०२०/६/१२
माता/पिताः सानुमाया/देवीदास अधिकारी
शिक्षाः स्नातक
राजनीतिक पृष्ठभूमिः २०३५-०३६ को आन्दोलनताका बहुदलको पक्षमा क्रियाशील । ०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त । ०३८ सालमा पार्टर्ीीक्रिय दलमा संगठित । ०४४ सालबाट पर्ूण्ाकालीन कार्यकर्ता । ०४४-०४६ मा काभ्रे र सिन्धुपाल्चोकको जिल्ला कमिटि सचिव । ०४३ को महंगी विरोधी आन्दोलनमा सक्रिय हुँदा हनुमानढोका काठमाडौंमा यातनासहित ६१ दिन प्रहरी हिरासतमा । ०४८ मा गण्डकी अञ्चल सदस्य । ०४८ मै जिल्ला अधिवेशन आयोजक समितिको संयोजक । ०५१ मा दोस्रो जिल्ला अधिवेशनबाट जिल्ला उपसचिव निर्वाचित । ०५४ चैत्रबाट हालसम्म जिल्ला कमिटि सचिवमा कार्यरत । ०५६ सालको आम निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेको तर्फाट उमेदवार ।
०५४ को छैठौं र ०५९ सालको सातौं महाधिवेशनमा लमजुङ क्षेत्र नं. १ बाट प्रतिनिधिको रुपमा सहभागी । ०६२/०६३ को आन्दोलनमा सक्रियतासाथ नेतृत्वदायी भूमिका निर्वाह ।
सामाजिक क्रियाशीलताः विभिन्न सामाजिक तथा विकास निर्माण संग सम्बन्धित संघ संस्थासंग आवद्ध ।
हालको अवस्थाः नेकपा एमाले लमजुङको सचिव

No comments:

Post a Comment